आजको पञ्चाङ्ग एवम् राशिफल (१७ चैत २०७५ आइतबार, ३१ मार्च २०१९)

आजको पञ्चाङ्ग एवम् राशिफल (१७ चैत २०७५ आइतबार, ३१ मार्च २०१९)


  • अनन्तश्री राजगुरु तथा जगतगुरु वीरेन्द्र परंहंस ज्योतिषाचार्य

आजको पञ्चाङ्ग :

श्री सूर्योत्तरायणे श्रीशाके १९४० नेपाल संम्वत् ११३९ वि.सं. २०७५ चैत्र १७ गते आइतबार तद्अनसार सन् २०१९ मार्च ३१ तारिख चैत्र कृष्णपक्ष, सिद्धि योग बब करण आनन्दादिमा गद योग चन्द्रमा मकर राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः५८ मा भयो र सूर्यास्त साँझ १८ः२० मा हुनेछ । शुभ समय अभिजित– ११ः४२ देखि १२ः३१, राहु काल–१६ः४३ देखि १८ः१६, दिशा शूल– पश्चिम ।

आजको राशिफल :

मेष राशि – विकासको नयाँ सम्भावना देखापर्ला । आशा उत्साह बढ्नेछ । यात्रामा सफलता मिल्नेछ । ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्ला । राजकाजमा सफलता मिल्नेछ । उच्चाधिकारीको सहयोग मिल्नेछ । लगानी उठ्नेछ । पारिवारिक सुख शान्ति बढ्नेछ । प्रतिरोधात्मक क्षमता बढ्नेछ । आर्थिक पक्ष बलियो बन्नेछ । आरोग्यता बढ्ला । सुख शान्ति बढ्नेछ । आफन्तको सहयोग मिल्नेछ । विजयश्री मिल्नेछ । रोकिएको काम बन्नेछ । नयाँ काममा पनि सफलता मिल्नेछ । मान महत्त्व बढ्ला ।

बृष राशि – धर्मकर्ममा सफलता मिल्नेछ । मिठो भोजन मिल्नेछ । वार्तामा सफलता मिल्नेछ । मान पुरस्कार मिल्नेछ । नयाँ कार्य र नयाँ दायित्वको लागि राम्रो दिन छ । प्रेम सुख बढ्नेछ । विद्या बुद्धि बढ्नेछ । कला साहित्य गीत संगीतमा आकर्षण बढ्ला । इष्टमित्रको सहयोग समर्थन मिल्नेछ । आफन्तको साथ पाइनेछ । साथीभाइ बीच आमोद प्रमोदमा रमी रहनुहुनेछ । रचनात्मक कार्य बन्नुको साथै उच्चाधिकारीको सहयोग प्राप्त होला ।

मिथुन राशि – यात्रा हुने र भागदौड बढ्ने सम्भावना रहनेछ । नियमकानूनलाई ध्यानमा राखेर काम गर्नु अझ बेस होला । हासविलासमा आकर्षण बढ्नेछ । अरुको भरमा बस्नु र कार्यमा लापर्वाही गर्नु उचित हुने छैन । ठूलो रकमको लगानी र महत्त्वपूर्ण कागजपत्रमा हस्ताक्षर सोचिविचारी गर्नु उचित होला । धर्मकर्ममा प्रवृत्त रहनु उचित होला । ध्यान र ऊर्जालाई कारोबारमा केन्द्रित गर्नु बढी हितकर रहला ।

कर्कट राशि – शक्ति सामर्थ्य बढ्नेछ । आयस्रोत बढ्ला । रोकिएको धन उठ्ला । विकासको नयाँ सम्भावना देखापर्ला । ऊर्जा बढ्नेछ । सुख शान्ति ऐश्वर्य बढ्नेछ । आरोग्यता बढ्नेछ । आयात–निर्यातसित सम्बन्धित काम बन्ला । रसरागमा आकर्षण बढ्नेछ । लेखन–प्रकाशनसित सम्बन्धित काम बन्ला । विकासको नयाँ सम्भावना देखापर्नेछ । आशा आँट उत्साहमा बढोत्तरी हुनेछ । घरपरिवारको स्थिति सुखक रहला । मान प्रसिद्धि बढ्नेछ ।

सिंह राशि – आर्थिक र बौद्धिक प्रगति होला । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ । वार्तामा सफलता मिल्नेछ । प्रतिरोधात्मक क्षमता बढ्ला । सभा–समारोहमा मान पुरस्कार भेट्नेछ । घरेलु चिन्ताको समाधान पनि मिल्नेछ । मनमा सन्तुष्टि होला । राजकीय काम बन्ला । उनन्ति–पदोन्नति हुनेछ । विजयश्री मिल्नेछ । साहसिक काम बन्नेछ । मिठो भोजन मिल्नेछ । आफन्तको सहयोग मिल्नेछ । सुख सुविधा बढ्नेछ ।

कन्या राशि – प्रेममा रुचि बढ्ला । उन्नति पदोन्नति हुनेछ । सुख आनन्द बढ्ला । मान महत्त्व यश धनसम्पत्तिमा वृद्धि हुनेछ । ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ । भाग्योदय होला । मनोकूलको काम बन्ला । रसरागमा वृद्धि हुनेछ । मिठोभोजन मिल्नेछ । उच्चाधिकारीको सहयोग मिल्नेछ । इष्टमित्रको साथ मिल्नेछ । सन्तान सुख बढ्ला । बौद्धिक र रचनात्मक कार्य बन्नेछ ।

तुला राशि – नियम–कानूनलाई ध्यानमा राखेर काम गर्नु बेश होला । मान वृद्धि हुनेछ । कठोर परिश्रमले सफलता प्राप्त होला । खेलकूदमा रुचि बढ्नेछ । यात्रा हुनेछ । शैक्षिक, बौद्धिक, साहित्यीक, रचनात्मक आदि कार्यमा पनि सफलता मिल्नेछ । भोगविलाससित सम्बन्धित कार्यमा रुचि बढ्ला । विवादमा पर्नु र अरुको भरमा बस्नु उचित हुनेछैन । जोखिममा नपर्नु बेस होला । योजना र बजेट बनाइ काम गर्नु बेस होला ।

वृश्चिक राशि – आज सुख शान्ति बढ्नेछ । आयात–निर्यातसित सम्बन्धित काम बन्नेछ । लेखन–प्रकाशनसित सम्बन्धित काम बन्नेछ । साझेदारीको काम बन्ला । मिठो भोजन मिल्नेछ । रसरागमा आकर्षण बढ्ला । आयस्रोत बढ्नेछ । रोकिएको काम बन्ला । नयाँ कार्यमा पनि सफलता मिल्नेछ । आर्थिक पक्ष बलयो बन्नेछ । आफन्त सुख मिल्नेछ । दूरदेशबाट शुभ समाचार सुन्नुहुनेछ । समस्याको समाधान मिल्नेछ ।

धनु राशि – कार्य क्षेत्रमा सफलता मिल्नेछ । यश वर्चश्व वृद्धि हुनेछ । उन्नति–पदोन्नति हुनेछ । पारिवारिक कार्यमा सफलता मिल्नेछ । श्रेष्ठ व्यक्तिको साथ मिल्नेछ । ऋण रोग र शत्रुलाई जित्ने क्षमता बढ्ला । नयाँ दायित्व पाउनुहुनेछ । मनोकूलको काम बन्नेछ । आँट उत्साह बढ्ला । मान पुरस्कार मिल्नेछ ।

मकर राशि – बौद्धिक र रचनात्मक काम बन्नेछ । प्रेममा सफलता मिल्नेछ । इष्टमित्र सन्तानको साथ मिल्नेछ । यात्रा हुनेछ । भाग्योदय होला । शुभ समाचार मिल्नेछ । मान महत्व बढ्ला । सुख आनन्दमा वृद्धि हुनेछ । मिठो भोजन मिल्नेछ । बोली र व्यक्तित्नको प्रभाव बलियो बन्नेछ । धन सम्पत्ति पद महत्व बढ्नेछ । आफन्तको सहयोग समर्थन मिल्नेछ । ऋण रोग र शत्रुसित लडने सामर्थ्य बढ्नेछ ।

कुम्भ राशि – खेलकुद भ्रमणमा आकर्षण बढ्ला । सोचिविचारी काम गर्नु उचित हुनेछ । आरोग्यता बढ्नुको साथै आर्थिक कार्यमा पनि सफलता पाउनुहुनेछ, तथापि जोखिमप्रति सचेत रहनुपर्नेछ । लोभ लालच इर्ष्या द्वेषमा नियन्त्रण राख्नुपर्ला । कार्यव्यपारको क्षेत्रमा पनि सफल हुनुहुनेछ । अरुप्रति बढी भर पर्नु उचित हुनेछैन । रसरागमा आकर्षण वृद्धि होला । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । ऐंनकानूनको उपेक्षा नगर्नु हितकर रहला ।

मीन राशि – आयस्रोत बढ्ला । सुख आरोग्यता बढ्नेछ । मान महत्त्वमा वृद्धि हुनेछ । विकासको नयाँ सम्भावना देखापर्ला । आशा उत्साह बढ्ला । साझेदारीको काम बन्नेछ । रोकिएको काम बन्नेछ । यात्रापरक काममा पनि सफलता मिल्नेछ । ऐश्वर्य बढ्ला । भोगवलासमा रुचि बढ्ला । ख्याति फैलिनेछ । साथीभाइको साथ मिल्नेछ ।

साताको राशिफल पनि हेर्नुहोस्–

साताको राशिफल (२०७५ चैत १६-२२, सन् २०१९ मार्च ३-५ अप्रिल)
https://ghatanarabichar.com/143621