कोराबाहिर निस्कने हो कि ?-कैलाशकुमार खड्का

कोराबाहिर निस्कने हो कि ?-कैलाशकुमार खड्का


अंग्रेजीमा “थिंक वियोयोण्ड दि बक्स” भन्ने वाक्यको अर्थ के हुन्छ भनेर मैले भनिरहनु नपर्ला तर यहाँ यसको अर्थलाई नेपाली परिवेशमा प्रयोग गर्ने जमर्को गरिएकोछ । यो एउटा अभ्यास हो । समस्यालाई समाधान गर्ने क्षमता र दक्षताको विकास गर्ने कसरी गर्न सकिन्छ भन्ने एउटा त्रियाकलापको रुपमा यस अभ्यासलाई प्रयोग गरिन्छ । समस्या समाधान गर्ने क्रममा हामी कसरी सोच्छौ- समस्याको घेरा वा बाकसले हाम्रो क्षमतालाई कसरी एउटा निश्चित परिधिमा सिमित गरिदिन्छ र हामी सही समाधान निकाल्नबाट आफै कसरी बन्चित हुन पुग्दछौ भन्ने कुरा बुझाउन यस त्रियाकलापलाई प्रयोग गरेको पाईन्छ । यसै विषयलाई यहाँ हाम्रो वर्तमानसँग दाँज्ने प्रयत्न गरिएको छ र आजको विश्वमा म नेपाली हुँ भनेर भन्ने हामी आफैलाई “के म पनि कोरा भित्रै त छैन?” भनेर एक पटक स्वावलोकन गर्न अनुरोध छ । हाम्रो भूत, वर्तमान र भविश्यसंग जोडेर हेर्न अुनरोध छ । हाम्रो गरिवी, पछौटेपन, आर्थिक, राजनीतिक र सामाजिक समस्याले संकटर्गस्त यस्तो कहालीलाग्दो वर्तमान परिवेशमा पनि हाम्रो नीरिहताको पराकाष्ठासँग दाजेर हेर्न आग्रह छ तर यसैमा भविश्यको अथाह संभावनाहरु पनि छन् भनि, उमङ्गति हुदै, त्यसका लागि तयार हुन, सबैलाई यो पंक्तिकारको निवेदन छ ।
शुरु गरौ आदरणीय गुरुहरुबाट, गुरुहरु भन्नाले यहाँ व्ययापक अर्थमा लिईएको छ । जस्तै: जो (तपाँइ) पाठसालामा पढाउनु हुन्छ, जो (तपाँइ) विश्वविद्यालयमा अध्यापन गर्नुहुन्छ, जो (तपाँइ) कुनैपनि कम्पनी, संघ-संस्था, निकाय, कार्यक्रम, शाखा-प्रशाखालाई, हाँक्नु हुन्छ अनि जो (तपाँइहरु) कुनै राजनीतिक पाटी वा पाटीको भातृ संगठनको नेतृत्व तहमा वसेर देश र नागरिकहरुको भविष्व बनाउने हाँक लाउनु हुन्छ । तपाँइ एक पटक राम्ररी सोचेर हेर्नुस्, आफैलाई गहिरिएर नियाल्नुहोस कि तपार्ँइमा कति आपनोपन र श्रृजनसिलता छ ? अनि थाहा लाग्नेछ कि कतै म म्याद नाघेको औषधि त हैन भनेर । हामीमा समस्यालाई अवसरको रुपमा लिएर अगाडि बढ्ने ज्ञान, सिप र कलाको कमि किन छ ? हामीले जहिले सम्म आप\mनै मौलिक विवेक र तरिकाको प्रयोग गर्दैनौ तव सम्म हामीले न कुनै नविन कार्य गर्न सक्छौ न त यी यावत पिरलोहरुबाट दिगो मुक्ति नै पाउछौं । आज हामी सबैको निर्यातित वा तैयारी (रेडिमेड) खानाले हाम्रो सोच्ने भाडो नै मक्काएको त होइन ? ती सबै गुरुहरुलाई अनुरोध यो छ कि जुन दिन हामी यो रेडिमेड खान छोड्छौ र आप्ना शिष्यलाई पनि तैयारी उत्तर दिन छोड्छौ त्यहीदिनबाट त्यो शिष्यले उसको समयानुकूल सही अर्थको खोजी शुरु गर्छ । सत्य सापेक्ष भए जस्तै हरेक समस्याको समाधान र नविन योजनाको आधारवस्तु समयको सापेक्षतामा आधारित भए मात्र त्यो दिगो हुन सक्छ । यसै विषय प्रसंगमा यसपाली २०६८ साल भाद्र १४ गते सविधानको खाका आउला वा नआउला तर खाकाको विषयमा अन्य प्रावधानहरु जे जेस्ता आए पनि भावि संविधानमा राज्य व्यावस्थापन, संचालन र शुसासनको विषयमा एउटा सानो धारणा वा विचारलाई यो एक नेपाली नागरिक राख्न चाहान्छ । जुन यस प्रकार छ:-
उक्त उपरोल्लेखित खाकालाई राम्ररी नियालौ भने यसमा हालको विश्व प्रचलन भन्दा पृथक पक्ष भनेको देशको शसन-प्रशसनको संचालन प्राप्त गर्ने होडमा संगसगै दौडने र उतिकै जनताको समर्थन प्राप्त प्रतिपक्षलाई उत्तिकै सम्मान र जिम्मेवारीको अवसर प्रदान गर्नु हो । यसमा: चुनावमा जो पहिला हुन्छ त्यो राष्ट्रको कार्यकारी प्रमुख र राज्यपरिषदको प्रमुख हुने गर्दछ प्रधानमन्त्री वा राष्ट्रपतिजे भनेपनि त्यसले राज्य संचालनको जिम्मा पाउछ र आप\mनो स्वेच्छाचारिताको स्वच्छन्द उडान गर्ने मौका पाउछ र भरपुर रुपमा गरेका पनि छन् तर उत्तिकै सक्षम प्रतिपक्ष नीरिहता पुर्वक मुक दर्शकको रुपमा बस्न बाध्य छ । अत: एउटा राज्य संचालन अनुगमन परिषदको खाकालाई यहाँ नयाँ सोचको रुपमा ल्याईएको छ जसको को प्रमुख सो -प्रधानमन्त्री वा राष्ट्रपति) कार्यकारी प्रमुखको निर्वाचनमा दास्रो स्थान ल्याउने व्यक्ति होस । यसको प्रमुख कार्य भनेको राज्य संचालनको निरन्तर अनुगमन गर्नु हो । यसका साथै देशका अख्तियार दुरुपयोग अनुसन्धान आयोग जस्था निकायहरुलाई श्रोत र साँधन सम्पन्न बनाएर, छुट्टै विशेष अदालत र छुट्टै प्रहरी फोर्सको व्यवस्था गरेर यो निकायलाई शसक्त पार्नभने अत्यन्तै जरुरी हुन्छ । यसरी उत्तिकै जनताको समर्थन प्राप्त प्रतिपक्षलाई पनि यसले एउटा सम्मान र राज्य संचालन रेखदेखको जिम्मेवारी दिनेछ । हालको विश्वपरिवेशमा भयंकर दिर्घरोगको रुपमा झङ्गीदै गरेको कुशासन र भ्रष्ढ्राचारलाई केही हदसम्म कम गर्न सकिने सम्भावनालाई यस सोचले प्रदान गर्ला कि भन्ने झिने आशा राख्न सकिन्छ किनभने एउटा श्रोत र शक्तिले सम्पन्न विपक्षले भन्दा राम्रो खबरदारी अरु कस्ले गर्न सक्छ ?
उक्त खाका झट्ट सुन्दा वा देख्दाखेरी अचम्म लाग्न सक्छ जसरी हामी कुनै नयाँ कुरा सुन्दा र देख्दा अचम्म मान्दछौ तर हालको विश्वमा प्रचलित प्रतिस्पर्धा र समन्वय आपसी जितको सिद्धान्त, सन्तुलनको सिद्धान्त, पारदर्शिता, जवाफदेहीता र सुशासन जस्ता प्रमाणिक मान्यताहरुलाई मनन गरी यो नयाँ सोचको विकास गर्ने प्रयत्न गरिएको हो । यस सोचको चुरो कुरो भनेको पक्षको हातमा देशको गाडि र बिपक्षको हातमा ट्राफिक व्यवास्थापनको जिम्मा हो । स्वतन्त्र न्यायपालिकाको विषयमा खासै विवाद गर्नु उचित नहोला त्यसैले यसमा यहाँ केही भनिएको छैन । आजको विश्वमा त्यसमा पनि विकासशील देशहरुको सबैभन्दा घातक रोग भनेको भ्रष्ढ्राचार हो भन्ने तथ्यलाई आजका सयौं एसियाली र अफि्रकी देशहरुले छर्लङ्गै पारेको यस परिवेशमा यसलाई कसरी समाधान गर्ने भन्ने वारेमा यो मोडेल बढि केन्द्रित छ । एक पक्षले विजय प्राप्त गर्ने र त्यसमा रजाई गर्ने, अनि सत्ता हासिल गर्ने जत्तिकै क्षमता र समर्थन प्राप्त प्रतिपक्षको भूमिका र जिम्मेवारीलाई वेवास्ता गर्ने आज सम्मको हाम्रो अभ्यास र प्रचलनलाइ पनविचार गर्नुपर्ने आग्रह यो सोचले गर्दछ । त्यसैले एउटा श्रोत र अधिकारले सम्पन्न सशक्त प्रतिपक्ष भन्दा राम्रो खबरदारी अरु को हुन सक्ला र ? भन्ने पनि यसको अर्को पक्ष हो । यद्यपि, उपरोल्लेखित सोच नै पूर्ण हुनुपर्छ भन्ने कदापि होइन । त्यसैले यो लेखकको मात्र एउटा आग्रह छ तपाइ पनि सोच्नु हुन्छ की ? आपनै वलबुँतामा जिएर संसारलाई दृष्टान्त दिन सकिने यस्तो ऐतिहासिक अवसरको सकेसम्म सदुपयोग गर्ने हो कि ? वा, अर्गगामी, परिवर्तनकारी वा क्रान्तिकारी जस्ता आदिर् इत्यादिका नाममा वेलायती, जर्मनी, फ्रान्स, अमेरिकन, चार्यनिज, भारतीय वा अन्य सिमापारका १७औं, १८औ अनि १९औ सताब्द्धितिरका देहावसान हुन लागेका वा भईसकेका सोच र मान्यताहरुको कोरामोहलाई निरन्तरता दिएर हामी नेपाली यति खोक्रा र रित्ता छौ भन्ने तथ्यलाई गर्वका साथ प्रमाणित गरेरै छाडने हो ? जिम्मा हामीहरुकै भो !
Author can be reached at [email protected]
-लेखक कानुन तथा सामाजिक विकासको क्षेत्रका कार्यरत छन् ।)