खेलकुदमा झमेला-श्रीविक्रम भण्डारी

खेलकुदमा झमेला-श्रीविक्रम भण्डारी


सरकार नै मुख्य दोषी
नेपाली खेलकुदको चर्चा गर्दा अहिले पनि पूर्वसदस्यसचिव शरदचन्द्र शाहको नाम अग्रपङ्क्तिमा आउँछ । उहाँले आफ्नो कार्यकालमा समग्र खेलकुदको विकासका लागि जुन भूमिका निर्वाह गर्नुभएको थियो त्यसको साँवा र ब्याजको रूपमा शाहलाई सधैं सम्झिने गरिएको छ । खेलकुदको विकासका लागि ‘विकास, अनुशासन र गतिशीलता’को नारालाई आत्मसात् गरेका र गर्न लगाएकै कारणले शाहको कार्यकाल नमुना बनेको थियो । त्यसबेला पचहत्तरै जिल्लामा कबर्डहल बन्नु आफैंमा कर्ीर्तिमान बनेको थियो । दरबारको संरक्षकत्वदेखि दोहोरी गीतको राष्ट्रिय प्रतियोगितामा खेलकुदको विकास फलेको-फुलेको थियो । त्यसबेला खेलकुदको विकास दिन दुईगुना रात चौगुना भएको थियो । राष्ट्रिय तथा अन्तर्रर्ााट्रय प्रतियोगितामा नेपाली खेलाडी सफलताको झन्डा गाड्न सफल भएका थिए । खेलकुदप्रति राज्यको स्पष्ट दृष्टिकोण र सही युवा परिचालनले गर्दा नेपाली खेलकुद साँच्चिकै खेलकुदमय बनेको थियो । त्यसैले होला अहिले पनि शरदचन्द्र शाहको पालाको खेलकुदलाई ‘स्वर्णयुग’ भन्न कोही हिचकिचाउँदैनन् ।
०४७ सालमा नेपालमा प्रजातन्त्र आएपछि खेलकुदको कायापलट हुने सम्पूर्ण खेलप्रेमी र खेलकर्मीले विश्वास गरेका थिए । तर, विडम्बना, राज्यले खेलकुदको महत्त्व नबुझ्नु र सौताको जस्तो व्यवहार गर्नाले खेलकुद अधोगतितर्फ उन्मुख भएको थियो । जुन यद्यपि जारी छ । मुलुकमा मौलाएको प्रजातन्त्रसँगै दलीय स्वार्थ पनि त्यही रूपमा मौलाउन पुग्दा खेलकुदको हरिविजोग भएको हो । खेलकुदमा नौलो संस्कार बसाउनुभन्दा सरकार परिवर्तनसँगै खेलकुदका पदाधिकारीहरू परिवर्तन र खेलकुदमा हस्तक्षेप गर्ने कुसंस्कारको विकास भएको छ । राजनीतिक दलहरूले दलीय स्वार्थ पूरा गर्न खेलकुदको भविष्यमाथि खेलवाड गर्दै खेलकुदमा अन्योल र अराजकताको वातावरणको सिर्जना गरिदिएका छन् । आफ्ना कार्यकर्तालाई बिनामापदण्ड खेलकुदमा भर्ती गरेर खेलकुदलाई पार्टीको भ्रातृ सङ्गठनको रूपमा परिणत गरिदिइएका छन । र पनि अहिलेसम्म कुनै पार्टीले खेलकुदप्रतिको आफ्नो रवैयामा परिवर्तन गरेका छैनन् अर्थात् बारम्बार बलात्कार गर्दै जाने गरेका छन् । तर्सथ राज्य र दलहरूको अदूरदर्शी नीति र हस्तक्षेपका कारण खेलकुद अस्तित्वहीन अवस्थामा पुगेर अहिले नराम्रोसँग थला पर्न पुगेको छ ।
साँचो रूपमा भन्नुपर्दा अहिले खेलकुदको अस्तित्व दाउमा लागेको छ । कुनै नीति, कार्ययोजना र उपलब्धिहीन अवस्थामा जसोतसो खेलकुदको गाडी चलिरहेको छ । तर पनि सरकारले खेलकुदको महत्त्वलाई आत्मसात् गरी प्राथमिकतामा राख्न सकेको छैन । खेलकुदको विकासका लागि ठूलाठूला कुरा गरे पनि व्यवहारमा खरो उत्रिएका छैनन् । जुन समग्र नेपाली खेलकुदका लागि दर्ुभाग्यको विषय बन्न पुगेको छ । अहिलेसम्म नेपाली खेलकुदले नेपाली काङ्ग्रेस, एमाले, राप्रपा, मधेसी पार्टी र एमाओवादीको कोर्रर्ाााइसकेको छ । सबैले मुखले खेलकुदको विकासमा आकाश-पाताल एउटै गर्ने शपथ खाए पनि अन्त्यमा खेलकुदको अस्मितासँग खेल्ने काममात्र गरेका छन् । साधुको भेषमा आएर खेलकुदमा लुटेरा बनेका छन् । खेलकुदलाई विकासको मार्गमा होइन राजनीतिक कार्यकर्ताको भर्तीकेन्द्रको रूपमा परिणत गरेका छन् । खेलकुदलाई दयनीय पात्रको रूपमा प्रस्तुत गर्दै लगौंटी लगाएर सडकमा हिँड्न बाध्य तुल्याइदिएका छन् । तर्सथ सरकारको यो पुरुषार्थले अहिले खेलकुद बद्नाम मात्र होइन, नाम मात्रको खेलकुद रहन पुगेको छ । वर्तमान अवस्थामा सदस्यसचिव युवराज लामाले खेलकुदको गुमेको प्रतिष्ठा फर्काउन प्रयत्नशील रहे पनि उहाँ कति सफल हुनुहुन्छ त्यसको प्रतीक्षा गर्नु नै उचित हुनेछ ।
दिनप्रतिदिन अधोगतितर्फ उन्मुख र दयनीय अवस्थामा पुगेको नेपाली खेलकुदबारे विगतमा राष्ट्रिय खेलकुद परिषद्को वागडोर सम्हालिसकेका पूर्वसदस्यसचिवहरूसँग घटना र विचार साप्ताहिकले ‘खेलकुदमा सधैं झमेला किन’ भन्ने शीर्षकमा प्रतिक्रिया लिएको थियो । यो विषयमा प्रतिक्रिया दिँदै नेपाली खेलकुदका सबैभन्दा सफल सदस्यसचिव शरदचन्द्र शाहले चार बुँदामा यसको विश्लेषण गर्नुभएको थियो । पहिलो बँुदामा शाहले दीर्घकालीन लक्ष्य प्रस्ट नभएको र लक्ष्य प्राप्तिका लागि प्रतिबद्धतामा बीच-बीचमा स्वार्थले बिथोल्ने भएकोले । दोस्रो लक्ष्य प्राप्त गर्नका लागि खेलजगत्मा अनुशासन खेलाडीका लागि जति आवश्यक छ नेतृत्व प्रदान गर्ने वर्ग, व्यवस्थापक, प्रशिक्षक र अन्य पदाधिकारीको आत्मअनुशासन पनि उत्तिकै जरुरी छ । तेस्रो अनुशासनहीनताको प्रवृत्ति बढ्न थालेपछि अन्य क्षेत्रमा जस्तै खेलकुदमा पनि ह्रास आयो, जब त्यो क्षेत्र बिलकुलै प्रभावित हुन सक्तैनथ्यो । चौथो कुर्सीमा असुरक्षित रहँदाले भविष्य निर्माण गर्नुभन्दा वर्तमानसँग वर्तमानबाटै फाइदा उठाउने ध्याउन्न हुन्छ, त्यो ठीक पनि हो भन्नुभएको थियो ।
त्यस्तै पूर्वसदस्यसचिव किशोरबहादुर सिंहले यो स्वार्थ र राजनीतिक हस्तक्षेपको प्रतिफल हो भनेका छन् । खेलकुदको नीतिनियम आफ्नो ठाउँमा भए पनि स्वच्छ रूपमा पारदर्शी तरिकाले कुनै पनि कार्य नहुनाले खेलकुदमा झमेला भइरहेको उनको ठहर छ । त्यसका लागि जिम्मेवार खेलकुद पदाधिकारीले अन्तर्रराट्रय नियम-कानुनअनुसार चल्नुपर्ने धारणा राख्नुभएको थियो । अर्का पूर्वसदस्यसचिव केशव स्थापितले खेलकुदको मूल मर्म राज्यले नबुझेकाले खेलकुदमा सधैं झमेला भइरहेको बताएका थिए । उनले खेलकुदप्रति राज्यको दृष्टिकोण नै ठीक नभएको आरोप लगाउँदै बरु पञ्चायतकालमा खेलकुदको स्थिति राम्रो भएको ठोकुवा गरेका थिए । खेलकुद युवा परिचालनका लागि सबैभन्दा उपयुक्त ठाउँ भएको प्रस्ट पार्दै खेलकुदको विकासका लागि एकपक्षीय हिसाबले नभई सहमतिका साथ जानुपर्ने कुरामा जोड दिए । खेलकुदमा जात, धर्म र लिंग हँुदैन भन्दै समग्र युवा परिचालनका लागि सरकारले नै अहम् भूमिका निभाउनुपर्ने बताए ।
पूर्वसदस्यसचिव जीवनराम श्रेष्ठले यसको मुख्य कारण भनेको एउटा परिवर्तित नियम-कानुनअनुसार व्यवस्था हुन नसक्नु हो भनेका छन् । खेलकुद अहिले पनि पुरानै राज्य व्यवस्थाअनुसार चल्दै आएको र राजनीतिक दलहरूको खेलकुदप्रतिको स्पष्ट दृष्टिकोण नआएकोले पनि सधैं झमेला भएको बताए । खेलकुदमा झमेला आउन नदिन र रचनात्मक तरिकाले अगाडि बढाउन सर्वप्रथम राज्यले खेलकुदको महत्त्वलाई बुझ्नुपर्ने बताए । त्यस्तै, पूर्वसदस्यसचिव रुक्मशमशेर राणाले खेलकुदप्रति सरकारको उदासीनताले यस्तो बीउ रोपिएको खुलासा गरेका थिए । खेलकुदको प्रभावकारिता र यसको महत्त्व अहिलेसम्म राज्यले नबुझ्नु विडम्बना भएको बताउँदै खेलकुदको यस्तो दुरावस्थाको भागीदार राज्य नै भएको प्रस्ट पारे । राजनीतिक दलहरूले पनि खेलकुदलाई स्वार्थको दृष्टिले मात्र हेरेकाले खेलकुदमा सधैं झमेला भइरहेको बताए । वर्तमान राखेपका सदस्यसचिव युवराज लामाले राजनीति हस्तक्षेप प्रमुख कारण भएको बताएका छन् । लामाले खेलकुदको सङ्घसंस्थामा पदाधिकारीहरू बसिसकेपछि काम गरे पनि नगरे पनि आफ्नै बपौती सम्झिने परम्पराले पनि यस्तो भएको बताए । त्यस्तै, लामाले खेलकुदमा खेलाडीहरू कमजोर र पदाधिकारी बलियो भएका कारणले यस्तो स्थितिको सिर्जना भएको हो भनेका छन् ।

सितेरियो कराते विघटन अध्यक्षमा दावा गुरुङ
गत साता राष्ट्रिय खेलकुद परिषद्ले सितेरियो कराते सङ्घको विघटन गर्दै नयाँ तदर्थ समिति गठन गरेको छ । खेलकुद विकास नियम २०४९ अनुसार परिषद्को निर्णयअनुसार केदारबाबु सिवाकोटी अध्यक्ष रहेको संघलाई विघटन गरिएको हो । परिषद्ले सितेरियो कराते संघले विगत नौ वर्षदेखि साधारणसभा गर्न नसकेको, सङ्घलाई वैधानिक बनाउन नसकेको र आय-व्ययको हिसाब पारदर्शी राख्न नसकेकाले नयाँ नेतृत्व आवश्यक ठानी पुनर्गठन गरेको प्रेस विज्ञप्तिमा जनाएको छ । साथै देशभरि ब्ल्याकबेल्ट वितरण गर्दा आर्थिक हिनामिना गरेको, राखेपको निर्देशन पालना नगरी आफूखुसी कार्य सञ्चालन गर्दै आएको र भर्खरै राखेपको स्वीकृतिबिना चीनमा आयोजित एसियन कराते फेडेरेसन च्याम्पियनसिपमा प्रशिक्षक तथा खेलाडी पठाएर अराजक व्यवहारको पुनरावृत्ति गरेको आरोप लगाएको छ । यस्तो व्यवहारले करातेको इतिहास र गौरवलाई धराशायी बनाउँदै लाने भएकाले पनि नयाँ कार्यसमिति निर्माण गर्न राखेप बाध्य भएको परिषद्ले जनाएको छ ।
परिषद्ले पुरानो नेतृत्वले गरेका कमी-कमजोरीको छानबिन गर्न एउटा छुट्टैै छानबिन समिति गठन गरेको छ । त्यसले अहिले कामसमेत सुरु गरिसकेको परिषद्ले जनाएको छ । साथै राखेपले यो तदर्थ समितिलाई दुई महिनाभित्र अधिवेशन सम्पन्न गर्न निर्देशन दिएको छ । कराते महासङ्घको सवालमा सितेरियो सङ्घअन्तर्गतका सबै सङ्घ नयाँ बनिसकेकाले यो स्वत: विघटन भएको परिषद्ले बताएको छ । त्यस्तै कराँते महासङ्घको अबको नेतृत्वमा भर्खरै नयाँ नेतृत्व पाएको गोजोरियो, वादेरियो, सोतोकान र सितेरियोका प्रतिनिधि रहने सदस्यसचिव युवराज लामाले स्पष्ट पारेका छन् । यसका निम्ति तीन सदस्यीय संयोजन कमिटी यसअघि नै निर्माण भइसकेको छ ।
नवगठित नेपाल सितेरियो कराते सङ्घको तदर्थ समिति दावा गुरुङको अध्यक्षतामा १७ सदस्यीय चयन गरिएको छ । जसको उपाध्यक्षमा देवकुमार लामा, मजिन्द्र सिंह र केशवसिंह ठकुरी रहेका छन् भने महासचिवमा महेशकुमार श्रेष्ठ, सचिवमा गजेन्द्रबहादुर खपाङ्गी र्-इश्वर) र कोषाध्यक्षमा रेशमलाल लामा रहेका छन् । त्यस्तै, सदस्यहरूमा प्रकाश धौभडेल, भानु यादव, राधिका देउला, मिङ्मा शेर्पा, चित्रबहादुर रानामगर, प्रेमलाल बमजन, रामकुमार थारू, इन्द्र बज्राचार्य, धर्मेन्द्र लामा ? डी.बी.) राखेप प्रतिनिधि रहेका छन् ।

पौडीमा श्रेयाको राष्ट्रिय कीर्तिमान
चीनको साङ्र्घाईमा हालै सम्पन्न भएको १४औँ विश्व पौडी च्याम्पियनसिप (लन्डन ओलम्पिक छनोट) मा नेपालकी श्रेया धितालले महिलाको एक सय मिटर प्रिस्टाइलमा नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी छिन् । श्रेयाले निर्धारित दूरी एक मिनेट १०.८२ सेकेन्डमा पूरा गर्दै १२ वर्षअघिको राष्ट्रिय कीर्तिमान भङ्ग गरेकी हुन् । उक्त स्पर्धामा एक मिनेट ११.२४ सेकेन्ड समयको रेकर्ड रुना प्रधानको नाममा थियो । रुनाले उक्त कीर्तिमान नेपालमै भएको आठौँ दक्षिण एसियाली महासङ्घीय खेलकुद (साफ) मा बनाएकी थिइन् । राष्ट्रिय कीर्तिमान कायम गरेबापत श्रेयाले नगद दश हजार पुरस्कार प्राप्त गर्नेछिन् । त्यस्तै, श्रेया धितालले महिलाको ५० मिटर प्रिmस्टाइलमा ८२औँ स्थान हासिल गरेकी छिन् । श्रेयाले निर्धारित दूरी ३२.४४ सेकेन्ड समयमा पूरा गरिन् । चीनको साङ्र्घाईमा भएको च्याम्पियनसिपमा श्रेयासहित प्रसिद्धजंग शाह र शैलेश राणाले प्रतिस्पर्धा गरेका थिए ।

टेबुलटेनिसको राष्ट्रिय लिग हुने
अखिल नेपाल टेबुलटेनिस सङ्घको आयोजना तथा सोनाक्षी इन्पास्ट्रक्चर डेभलपमेन्ट प्रा.लि.को मुख्य प्रायोजनमा राष्ट्रिय लिग टेबुलटेनिस र्‍याङकिङ प्रतियोगिता साउन ३० गतेदेखि हुने भएको छ । पाँच दिनसम्म चल्ने उक्त प्रतियोगिताका खेलहरू लैनचौरस्थित राष्ट्रिय टेबुलटेनिस प्रशिक्षण केन्द्रमा हुनेछन् । प्रतियोगिता संयोजक वरिष्ठ टेबुलटेनिस मुख्य प्रशिक्षक वृजेन्द्र हमालका अनुसार नेपाली टेबुलटेनिसको इतिहासमा राष्ट्रिय लिग हुन लागेको यो पहिलो अवसर हो । प्रतियोगितामा बरियताक्रममा शीर्ष २०औँ स्थानमा रहने पुरुष तथा महिला खेलाडीले भाग लिन पाउनेछन् । गत वर्षको मङ्सिरमा विराटनगरमा भएको ३३औँ राष्ट्रिय टेबुलटेनिस प्रतियोगिताबाट १६ पुरुष तथा १६ महिला खेलाडीको बरियता निर्धारण भइसकेको छ । बाँकी चार पुरुष र चार महिला खेलाडीको चयन गर्न राष्ट्रिय लिगअघि खुला छनोट प्रतियोगिता आयोजना गरिने भएको छ । छनोट प्रतियोगिता साउन २६ र २७ मा हुनेछ ।
राउन्डरोबिनका आधारमा हुने राष्ट्रिय लिगमा कुल तीन सय ८० खेल हुनेछन् । प्रतियोगिताको अनुमानित बजेट तीन लाख ५० हजार रुपैयाँ रहेको छ । त्यसमा पुरस्कारतर्फ मात्र कुल एक लाख १० हजार रुपैयाँ छुट्याइएको छ । दुवै समूहमा शीर्ष १६ स्थानसम्म रहने खेलाडीलाई पनि नगद पुरस्कारको व्यवस्था गरिएको छ । दुवै समूहमा पहिलो हुनेले समान १५-१५ हजार तथा दोस्रो हुनेले १०-१० हजार नगद पुरस्कार प्राप्त गर्नेछन । न्यूनतम पुरस्कार राशि एक हजार पाँच सय रुपैयाँ राखिएको छ ।

जुडोमा सात स्वर्णसहित नेपाल दोस्रो
नेपालले सात स्वर्ण, २२ रजत र ४३ कास्यपदक जित्दै प्रथम दक्षिण एसियाली क्याडेट जुडो च्याम्पियनसिपमा दोस्रो स्थान हासिल गरेको छ । नेपालका चार टिमले प्रतिस्पर्धा गरेको उक्त प्रतियोगितामा नेपाल ‘ए’ले पाँच स्वर्ण, १२ रजत र सात कास्य, नेपाल ‘बी’ले पाँच रजत र १६ कास्य, नेपाल ‘सी’ले दुई स्वर्ण, दुई रजत र ११ कास्य तथा नेपाल ‘डी’ले तीन रजत र नौ कास्य हात पारेका थिए । शान्तिका लागि जुडो भन्ने नाराका साथ नेपाल जुडो सङ्घद्वारा आयोजित प्रतियोगितामा भारतले १६ स्वर्ण र एक कास्य हात पार्दै टिम च्याम्पियन बन्यो । तीन राष्ट्र सहभागी प्रतियोगितामा बंगलादेश अन्तिम स्थानमा रह्यो । उसले एक स्वर्ण, दुई रजत र तीन कास्य हासिल गरेको थियो । प्रतियोगितामा १० देखि १३ वर्षको पुरुषमा भारतका औराविन्दा घोष तथा महिलामा नेपाल ‘ए’की पुष्पा भण्डारी उत्कृष्ट खेलाडी चुनिए । १३ देखि १६ वर्षको पुरुषमा नेपाल ‘ए’का श्रवण शाक्य तथा महिलामा बंगलादेशकी असर्फी अख्तर त्रिसा उत्कृष्ट भए । दुईदिने प्रतियोगितामा नेपाल, भारत र बंगलादेशका एक सय २३ खेलाडीले २४ स्वर्ण, २४ रजत तथा ४७ कास्यका लागि प्रतिस्पर्धा गरेका थिए ।