सोगी का कुरा -बबिता बस्नेत

सोगी का कुरा -बबिता बस्नेत


प्राय: यात्रामा धेरैथरी मानिस भेटिन्छन्, फरक अनुहार र रूपरंगका, फरक भाषा-संस्कृतिका, फरक जीउडाल र प्रवृत्तिका यस्तै यस्तै अनेक भिन्नता बोकेका । यसपटक न्युयोर्कमा मेरी ‘रुमपार्टनर’ भने यी सबै कुराभन्दा अलि फरक थिइन् । सिंगापुरनिवासी उनी सरकारी कार्यालयमा काम गरि्छन्, उनकै भनाइअनुसार अब चाँडै नै सरकारी जागिर छोडेर गैरसरकारी संस्थामा मात्र सीमित हुँदैछिन् जुन संस्थाको प्रतिनिधित्व गर्दै उनी त्यहाँ पुगेकी थिइन्, सायोनी । ‘सायोनी’ले एसियाका Queer Women लाई सशक्त गर्ने प्रमुख लक्ष्य लिएको छ, जसको अर्थ अचम्म, अजीव, अद्भूत या विचित्रका महिला भन्ने हुन्छ । पहिलो दिन जेट ल्यागका कारण धेरै कुरा हुन पाएन, तर पनि उनले भूमिकालाई चिन्छौ भनेर सोधिन्, चिन्छु उनी भोलि आउँदैछिन् भने मैले । भूमिका तेस्रोलिङ्गीका विषयमा कार्यरत ब्लु डाइमन सोसाइटीकी सक्रिय प्रतिनिधि हुन । पुरुषको शरीर भए पनि सबै आकाङ्क्षाहरू महिलाको भएपछि उनको नाम मात्र होइन लवाइ-खवाइ, हाउभाउ सबै कुरा महिलाकै हुन पुग्यो । प्राय: सारीको पहिरन र सुहाउँदो मेकअपमा देखिने उनलाई कुनै बेला त्यो स्वरूप केटाको थियो भनेर कसैले पनि अन्दाज गर्न सक्दैन । यसपटक संयुक्त राष्ट्रसङ्घको ‘सिड सेसन’मा उनले नेपालका तेस्रोलिङ्गी महिलाको प्रतिनिधित्व गरेकी थिइन् । भूमिकाको बारेमा एकछिन कुरा भएपछि मेरी रुमपार्टनर केली थेनले आफ्नो संस्थाको बारेमा परिचय दिइन् । उनको संस्था सायोनी पनि ब्लु डाइमनजस्तै तर महिलामा मात्रै सीमित भएर काम गर्दोरहेछ । यही जुलाई १४ देखि २४ सम्म दश दिनको बसाइमा धेरै कुरा भए, सुरुमा त उनले ‘सोगी इस्यु’ भन्दा मैले केही पनि बुझेकी थिइनँ । एलजीबीटी (स्वियन, गे, बायोसेक्सुवल र ट्रान्स सेक्स्युवल) शब्दको स्थान अहिले क्इन्क्ष् ‘सोगी’ ? सेक्सुवल ओरेन्टिएसन एन्ड जेन्डर आइडेन्टिटी) ले लिएको रहेछ । संसारमा महिला र पुरुष दुईथरी मात्रै मानिस छन् भनेर बुझ्नेहरूका लागि यो अलि फरक कुरा भए पनि हाम्रो वरिपरिको वास्तविकता हो । तेस्रोलिङ्गी भनेर एकमुष्ट सम्बोधन गर्ने गरिए पनि उनीहरूभित्र पनि पाँचथरी हुन्छन्, लेस्वियन (केटीको आकर्षण केटीसँगै हुने र केटी-केटी सँगै बस्ने), गे (केटा-केटा बस्ने), बायो सेक्सुवल ? केटा केटी दुवैसँग आकरि्षत हुन सक्ने) ट्रान्स सेक्सुवल (केटाको स्वरूप केटीका आकाङ्क्षा, यस्तो व्यक्ति शारीरिक रूपले केटा भए पनि उसको आकर्षण पुरुषसँगै हुन्छ । यस्तै केटीको स्वरूप केटाको आकाङ्क्षा, यस्तो व्यक्ति शारीरिक रूपले केटी भए पनि तिनको आकर्षण महिलासँगै हुन्छ, यसप्रकारको अवस्था भएकाहरूको जीवन निकै ‘कम्पिलकेटेट’ हुन्छ ।
होटलमै बसे पनि हरेक कुरा ठीक ठाउँमा राख्नुपर्छ भनेर सामानहरू सही स्थानमा चटक्क मिलाएर राख्ने केलीलाई एक साँझ मैले रिसाउने पो हो कि भनेर डराइडराई तिमी पनि सोगी हो ? भनेर सोधेँ । उनले बडो गौरवका साथ ‘हो नि’ भनिन् । यिनीहरू धेरै थरी हुन्छन् के हो के हो भनेर मैले के तिमी लेस्वियन हो ? भनेर सोधेँ । उनले होइन म बायोसेक्सुवल हो भनिन् । जसको बारेमा मलाई थाहा थियो तर पनि सोधेँ त्यो भनेको के हो नि ? कस्तो हो ? उनले तिमीलाई बुझाउन सजिलोका लागि यसो भनौँ भन्दै भनिन्, आई क्यान बि एट्रयाक्ट विथ म्यान, आइ क्यान बि एट्रयाक्ट विथ विमेन ? म पुरुषसँग पनि आकरि्षत हुन सक्छु र महिलासँग पनि) । उनको कुरा सुनेर अचम्म लाग्यो, उनकी गर्लफ्रेण्ड अस्ट्रेलियामा बस्दिरहिछन्, केहीछिन तिनकै बारेमा कुराकानी भयो । त्रि्री साथी अस्ट्रेलियामा छिन्, तिम्रो यहाँ कुनै राम्रो केटासँग सम्बन्ध गाँसियो भने के हुन्छ ? भन्ने प्रश्नमा केहीबेर सोचेर उनले तिमी यहाँ छौ, तिम्रो श्रीमान् या प्रेमीले काठमाडौंमा अर्कै राम्री केटीसँग सम्बन्ध बढायो भने के हुन्छ ? सबै कुरा उस्तै हो, अनौठो मान्नुपर्ने केही पनि छैन, भावना उस्तै हुन्छ भनिन् । मे बी इट इज टु पर्सनल… भन्दै मैले धेरै कुरा सोधेँ, अलिकति पनि अप्ठ्यारो नमानीकन उनले मेरा जिज्ञासाका उत्तरहरू दिइन् । सोही हप्ता एक दिनको यूएसए टुडेमा प्रमुख समाचार सोगीहरूकै बारेमा छापिएको थियो, विशेष गरेर त्यहाँका विभिन्न राज्यमा नेतृत्व तहमा रहेकाहरू को-को गे, को-को लेस्वियन भन्नेबारेमा थियो । एकजना राजनीतिकर्मीले मैले चुनावमा भोट माग्दा जनताले तिम्रो योजना के हो भनेर सोध्ने छन् न कि मेरो यौनिक परिचय (सेक्सुवल आइडेन्टिटी) भन्ने प्रतिक्रिया दिएका थिए । मेरी साथीलाई काम लाग्न सक्ने ठानी मैले साँझ फर्किंदा सो पत्रिका ल्याइदिएँ । अमेरिकामा सोगीका बारेमा मात्रै केन्द्रित छुट्टै पत्रिकाहरू पनि निस्किँदारहेछन्, त्यस्ता पत्रिकाहरू बाटाभरि सित्तैमा बाँडिँदारहेछन् । रेस्टुरेन्टहरू पनि छुट्टै, उनीहरूको समूह नै फरक । केलीका अनुसार सिङ्गापुरमा त्यसप्रकारको स्वतन्त्रता छैन । नेपाल पनि हाम्रा लागि उदाहरणीय देश हो जहाँ सोगीहरूका लागि छुट्टै नीति-नियम र स्वतन्त्रता छ भनिन् उनले ।
यसप्रकारको सम्बन्ध जहाँ भए पनि बाबुआमाका लागि भने पीडादायी नै हुँदोरहेछ । उनका पनि बाबुआमा उनको सम्बन्धदेखि खुसी रहेनछन्, मेरो रोजाइ हो आफ्नो जीवन मैले खुसीसाथ बाँच्न पाउनुपर्छ भनिन् उनले । सोगीहरूबीचमा प्रेमको संसार महिला पुरुषकै जस्तो हुन्छ र उनीहरू महिला पुरुषभन्दा आफ्ना प्रेमी-प्रेमिकाप्रति बढी इमानदार हुन्छन् भन्ने मान्यता राखिन्छ । यति हुँदाहुँदा पनि एक-अर्कामा शङ्का-उपशङ्का पनि त्यत्तिकै हुने रहेछ, प्रेममा धोखा हुनासाथ आत्महत्या गर्नेहरू पनि धेरै हुँदा रहेछन् । महिला र पुरुषहरू यो संसार आफ्नो मात्रै हो भन्ठान्छन् र हामीलाई हेयको दृष्टिकोणले हेर्छन् भन्ने उनीहरूको बुझाइ छ । समानता र समान दृष्टिकोणको लडाइँ लडिरहेको ठान्ने उनीहरूको हकअधिकारको मुद्दा विश्वव्यापी बन्दै गइरहेको छ । कति मानिस त विवाह भएर छोराछोरी भइसकेपछि पनि सोगी बन्ने रहेछन्, दुईवटी छोरी भएपछि मैले आफू लेस्वियन भएको महसुस गरेँ भन्ने महिला पनि भेटियो । अहिले उनी ‘गर्लफ्रेण्ड’सँग बसिरहेकी रहिछन्, ‘जब महिलाको महिलासँगै सम्बन्ध बढ्छ, पुरुषहरू गौण लाग्छन् र यी तमाम महिलाले पुरुषसँग कसरी सम्बन्ध राख्छन् होला जस्तो लाग्छ’ संयुक्त राष्ट्रसङ्घ परिसरमा भेटिएकी उनले भनिन् । ‘गे’ ? केटा-केटाबीच सम्बन्ध राख्ने) हरूको संसार भने अलि हिंसामय हुने लेस्वियनहरूको बुझाइ हुँदोरहेछ । सोगीहरूको सङ्ख्या नेपालका विभिन्न भागमा मात्र नभएर विश्वव्यापी रूपमै बढिरहेको छ ।