हावाहुरीसहित वर्षाको सम्भावना, सचेत रहन आग्रह

हावाहुरीसहित वर्षाको सम्भावना, सचेत रहन आग्रह


मौसम पूर्वानुमान महाशाखाले आज सोमबार देशभरि आंशिकदेखि सामान्य बदली हुने अनुमान गरेको छ । आइतबार पनि देशका विभिन्न जिल्लाहरुमा हावाहुरीसहित वर्षा भएको थियो ।

महाशखकाअनुसार पश्चिमी वायुको प्रभावका कारण मेघ गर्जन र हावाहुरीसहित पानी पर्ने एवं बेलुका हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना छ । सामान्य हिमपात पर्ने भए पनि आरोहणमा जानेहरुले भने सावधानी अपनाउनुपर्ने मौसमविद्को सुझाव छ ।

पानी पर्ने सम्भावनाका कारण देशभरको तापक्रम केही कम हुने महाशाखाको अनुमान छ । धेरै स्थानहरुमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको सम्भावना रहेको मौसम पूर्वामान महाशाखाले जनाएको छ ।