पर्सामा एकै दिन दुई युवती झुन्डिएको अवस्थामा मृत फेला

पर्सामा एकै दिन दुई युवती झुन्डिएको अवस्थामा मृत फेला


आइतबार पर्साको छिपहरमाई गाउँपालिकामा दुईजना युवती झुन्डिएको अवस्थामा मृत फेला परेका छन् ।

छिपहरमाई गाउँपालिका– ३ की श्रीमती बिन्दादेवी मुखिया र सोही गाउँपालिका २ की श्रीमती सन्तोषी महतो झुन्डिएको अवस्थामा फेला परेका हुन् ।

२२ वर्षीया बिन्दा रमेश मुखिया बिनकी श्रीमती हुन् भने २० वर्षीया सन्तोषी विलास महतोकी श्रीमती हुन् ।

आइतबार राति बिनकी श्रीमती बिन्दा आफ्नै घरमा कोही नभएको अवस्थामा आफ्नै सुत्ने कोठाको सिलिङ फ्यानमा सलको पासो लगाई झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन् । यसैगरी महतोकी श्रीमती सन्तोषी पनि आफ्नै घरपछाडिको अम्बाको रूखमा सारीको पासो लगाएर झुन्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।