अज्ञात समूहबाट वीरगञ्जस्थित एभिन्यूजको कार्यालयमा तोडफोड

अज्ञात समूहबाट वीरगञ्जस्थित एभिन्यूजको कार्यालयमा तोडफोड


वीरगञ्जमा रहकोे एभिन्यूज टेलिभिजनको कार्यालयमा सोमबार युवाको एक समूहले तोडफोड गरेको छ । वीरगञ्ज महानगरपालिका–११ नेसनल टे«डिङ चोकनजिकै रहेको एभिन्यूजको कार्यालयमा छ–सात जनाको संख्यामा आएको युवाको समूहले तोडफोड गरेको हो ।

मुख ढाकेर आएका युवाले गरेको आक्रमणमा कार्यालयको गेटको सिसा, ब्यानरलगायतमा क्षति पुगेको पर्सा प्रहरीले जनाएको छ । तोडफोड गर्नेमध्येका केही युवाको पहिचान भएको र उनीहरूको खोजी भइरहेको पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिए । उनले टेलिभिजन कार्यालयमा जडान भएको सीसीटिभीमा देखिएको तस्बिरको छानबिन भइरहेको र चाँडै घटनामा संलग्नलाई कारबाहीको दायरामा ल्याइछाड्ने प्रतिबद्धता व्यक्त गरे ।

सो घटनाको नेपाल पत्रकार महसंघ प्रदेश २ र पर्सा शाखाले सोमबारै विज्ञप्ति प्रकाशित गरी भत्र्सना गरेका छन् । साथै घटनामा संलग्नलाई कारबाहीको माग गरिएको छ । अन्तर्वार्ताको विषयलाई लिएर भएको सो आक्रमणको भत्र्सना गर्दै महसंघ प्रदेश २ का अध्यक्ष दीपेन्द्र चौहानले संलग्नलाई कारबाहीको माग गरेका छन् ।
रासस