कठिन कि उत्कृष्ट ? -श्रीविक्रम मण्डारी

कठिन कि उत्कृष्ट ? -श्रीविक्रम मण्डारी


आईसीसीको नजरमा नेपाल उत्कृष्ट
सर्वप्रथम विश्वकप खेल्ने सबै टोली उत्कृष्ट हुन्छन् भन्ने कुरा सबैले बुझ्नुपर्छ । नेपाल पनि उत्कृष्ट टोली भएकै कारणले आईसीसी यू- १९ विश्वकपमा पुगेको हो । तर, अहिले विश्वकपको ‘ड्र’सँगै नेपालको स्तरीयतामाथि प्रश्न उठाउन थालिएको छ । नेपालले छनोट चरणमा गरेको उत्कृष्ट प्रदर्शनलाई नजरअन्दाज गरिन थालिएको छ । जुन टोलीले विश्वकपको छनोट चरणमा दोस्रो स्थान हासिल गरेर अस्ट्रेलियाको यात्रा तय गरेको थियो । आज त्यही टोलीलाई हतोत्साही हुने कार्य भएको छ । जुन कुरोलाई कदापि सकारात्मक कदम मान्न सकिन्न । खेलाडीहरू स्वदेश फर्किनेबित्तिकै एयरपोर्टमै नेपाल कठिन समूहमा परेको र विश्वकपमा नेपालको दयनीय प्रदर्शन हुने कुरा गरेर खेलाडीहरूलाई मानसिक रोगी बनाउने दुस्साहस भएको छ । तर, विडम्बना ! उत्कृष्ट प्रदर्शन गरेर विश्वकपमा पुगेको टोलीसँग खुसी साट्नुको बदला घर नपुग्दै अनावश्यक कुरा गरेर भड्काउन खोज्नु आफैंमा दुर्भाग्य भएको छ ।
यू-१९ विश्वकपमा नेपाल कठिन समूहमा नभई उत्कृष्ट समूहमा परेको छ । जसमा नेपाल स्वयम् पनि उत्कृष्ट टिम हो । टेस्ट खेल्ने राष्ट्रहरूको टिम भन्दैमा उनीहरू मात्रै सधैं उत्कृष्ट हुन्छन् भन्ने कदापि छैन । उत्कृष्ट प्रदर्शन गर्दै आएको नेपालले अस्ट्रेलियामा पनि उत्कृष्ट प्रदर्शन गर्न सक्छ । अझ क्रिकेट अनिश्चितताको खेल भएकोले जहिले पनि जे पनि हुनसक्छ । कुरा मात्र दश बलको हो । भाग्यले साथ दियो भने जुनबेला पनि पासा पल्टिन सक्छ । विश्वकपको इतिहास पल्टाउँदा नेपालले टेस्ट खेल्ने राष्ट्रमाथि पाएको विजयलाई कदापि बिर्सन सकिँदैन । विश्वकपमा नेपालले दक्षिण अप्रिmका, न्युजिल्यान्ड, पाकिस्तान र बंगलादेशलाई पराजित गर्न सक्छ भने अस्टे्रलिया, इंग्ल्यान्ड र आयरल्यान्डमाथि पनि विजय पाउन सक्छ । आखिर नेपाल अन्डर- १९ विश्वकप खेल्न थालेको हो । यहाँ डराउनुपर्ने र आत्तिनुपर्ने कुरा केही छैन ।
यू-१९ विश्वकप क्रिकेटको आयोजना हुन अझै एक वर्षको समय भएकोले नेपालले तयारीमा विशेष जोड दिनुपर्छ । यसका लागि सम्बन्धित निकाय नेपाल क्रिकेट सङ्घ क्यान र राज्यले उचित व्यवस्था गर्नुपर्छ । छनोट चरणमा नेपाली खेलाडीहरूले बटुलेको अनुभवलाई आत्मसात् गरेर चल्नुपर्छ । खेलाडीहरूले विश्वकप चुनौतीपूर्ण हुने र यो स्तरले सफलता पाउन गाह्रो हुने कुरा बताइरहेको अवस्थामा राज्य र क्यानले पनि दूरदर्शी भएर कदम चाल्नुपर्ने स्थितिको सिर्जना भएको छ । नेपालले प्लेट च्याम्पियनको उपाधि जितिसकेकोले नेपालको लागि यो विश्वकप केही गरेर देखाउनेे अवसर पनि बनेको छ । समयलाई मध्यनजर गर्दै विश्वकपका लागि अहिल्यैदेखि नजुटे भोलि पश्चात्ताप गर्नुबाहेक अर्को विकल्प रहने छैन । तर्सथ यसका लागि नियमित प्रशिक्षण मात्रै नभई अभ्यास खेलदेखि त्यहाँको वातावरणको पनि खेलाडीहरूलाई जानकारी हुनुपर्ने छ ।
सन् २०१२ मा अस्ट्रेलियामा आयोजना हुनेे यू- १९ विश्वकप क्रिकेट प्रतियोगिताका लागि १६ वटा टिम छनोट भएका छन् । जसलाई आईसीसीले चार समूहमा विभाजन गरेको छ । नेपाल समूह ‘ए’मा परेको छ । नेपालको समूहमा अस्ट्रेलिया, इंग्ल्यान्ड र आयरल्यान्ड परेका छन् । समूह ‘बी’मा पाकिस्तान, न्युजिल्यान्ड, स्कटल्यान्ड र अफगानिस्तान परेका छन् भने समूह ‘सी’मा वेस्टइन्डिज, भारत, जिम्बाबे र पपुवान्युगिनी रहेका छन् । त्यस्तै समूह ‘डी’मा श्रीलङ्का, दक्षिण अप्रिmका, बंगलादेश र नामिबिया परेका छन् । तुलनात्मक रूपमा अन्य समूहभन्दा नेपाल उत्कृष्ट समूहमा परे पनि अहिल्यै निराश हुनुपर्ने आवश्यकता छैन । यहाँ नेपालले कडा चुनौतीका साथै केही गरेर देखाउने अवसर पनि प्राप्त भएको छ । हो, नेपालले हरेक खेलमा आफ्नो उत्कृष्टता देखाउनुपर्ने बाध्यता भए पनि क्रिकेटमा जसले पनि बाजी मार्न सक्ने सत्यतालाई भने नकार्न सकिँदैन । यदि नेपालले आफ्नो समूहका बलिया मानिएका अस्ट्रेलिया र इंग्ल्यान्डमध्ये एक टिममाथि पनि विजय हासिल गर्न सके त्यो नेपालको ऐतिहासिक उपलब्धि हुने कुरामा दुईमत छैन ।
नेपालले अहिलेसम्म अस्टे्रलिया र इंग्ल्यान्डलाई यू-१९ विश्वकपमा पराजित गर्न सकेको छैन । नेपाल इंग्ल्यान्डसँग चार र अस्ट्रेलियासँग दुईपटक पराजित भइसकेको छ । आयरल्यान्डसँग नेपालको पहिलो भिडन्त हालै छनोट चरणमा भएको हो । उक्त खेलमा नेपाल झिनो रनको अन्तरले पराजित भए पनि नेपाल उन्नाइस भने पक्कै छैन । यो अर्थमा नेपाल यसपटक पनि हार्छ भन्ने पक्कै छैन । सीमित साधन-स्रोतका बाबजुद पनि नेपालले गरेको प्रदर्शन आफैंमा उत्कृष्ट छ । यदि नेपालका युवा खेलाडीले समयमै उचित किसिमकोे प्रशिक्षण र सुविधा पाए पुरानो नतिजालाई उल्ट्याउन बेर लाउने छैनन् । वर्तमान अवस्थामा उनीहरूलाई नियमित प्रशिक्षण, प्रोत्साहन, आत्मविश्वासी र मानसिक रूपमा ठीक राख्न सके नेपाली खेलाडीले विश्वकपमा गोर्खाली भएर खेल्ने कुरामा दुईमत छैन । तर, त्यसका लागि राज्यको सहयोग र क्यानको रणनीतिले विशेष भूमिका निर्वाह गर्ने भएकोले नेपाली खेलाडीको उत्कृष्ट प्रदर्शनमा दुवैको भूमिका नै अहम् बनेको छ ।
आउँदो विश्वकपमा नेपाल कठिन समूहमा परेको चर्चा-परिचर्चा चलिरहेको अवस्थामा ‘नेपाल कठिन कि उत्कृष्ट समूहमा’ भनेर यो पङ्क्तिकारले नेपाल क्रिकेट सङ्घका अध्यक्ष विनयराज पाण्डेसँग कुराकानी गरेको थियो । अध्यक्ष पाण्डेले टेस्ट टिमसँग खेल्न कठिन हुने भएकोले त्यसो भनिएको हुनसक्ने बताउँदै सङ्घले यसबारे कुनै पनि प्रतिक्रिया सार्वजनिक नगरेको बताए । प्रत्येक समूहमा दुईवटा टेस्ट खेल्ने राष्ट्रका टिम छन् । नेपालले जस्तै अरूहरूले पनि अन्य टेस्ट राष्ट्रका टिमहरूसँग खेल्नुपर्छ । खेलाडीहरूलाई पनि यो कुरा थाहा भएकोले उनीहरूले यो कुरालाई सहज रूपमा लिएको बताए । टेस्ट खेल्ने टिमसँग खेल्नुपर्दा खेलाडीको मानसिकतामा केही प्रभाव पर्ने भए पनि नकारात्मक असरचाहिँ नपर्ने बताए । अध्यक्ष पाण्डेले वर्तमान अवस्थासम्म क्रिकेटको समग्र विकासका लागि सङ्घले मात्रै जिम्मेवारी वहन गरिरहेको खुलासा गर्दै यदि राज्यले सहयोग गरेको खण्डमा खेलाडीमा सकारात्मक प्रभाव पर्ने बताएका थिए ।
नेपालका युवा खेलाडीले गरेको उत्कृष्ट प्रदर्शनका कारण अहिले नेपाल यू-१९ को विश्व बरियताक्रममा १२औँ स्थाँनमा पुगेको छ । हालै आईसीसीले सार्वजनिक गरेको बरियतामा नेपाल १२औँ स्थानमा पुगेपछि यू-१९ मा नेपालको प्रदर्शन उत्कृष्ट रहेको प्रमाणित भएको छ । तर्सथ एक उत्कृष्ट टिमलाई अझ उत्कृष्ट पार्न सङ्घले मात्रै नसक्ने भएकोले राज्यले नै विशेष रूपमा सहयोग र चासो राख्नुपर्ने अध्यक्ष पाण्डेले बताए । अहिले १२औँ साग गेमलाई मध्यनजर राखेर क्रिकेटका खेलाडीलाई प्रशिक्षणमा राख्ने निर्णय गरिएको बताउँदै पदक जित्ने सम्भावना भएको खेललाई सरकारले सहयोगी भावनाले हेरिदिएको खण्डमा अझ राम्रो हुने र खेलाडीले उत्कृष्ट गर्ने बताए ।

सोनाक्षी कप टेबुलटेनिस लिग
अखिल नेपाल टेबुलटेनिस सङ्घको आयोजना तथा सोनाक्षी इन्प|mास्ट्रक्चर डेभलपमेन्ट प्रा.लि.को प्रायोजनमा सोनाक्षी कप राष्ट्रिय लिग टेबुलटेनिस र्‍याङ्किङ प्रतियोगिता साउन ३० देखि भदौ २ गतेसम्म सञ्चालन हुनेछ । राष्ट्रिय टेबुलटेनिस प्रशिक्षण केन्द्र, लैनचौरमा आयोजना भइरहेको उक्त प्रतियोगितामा शीर्ष २० स्थानमा रहने पुरुष तथा महिला खेलाडीले राउन्डरोविन लिगका आधारमा प्रतिस्पर्धा गर्नेछन् । शीर्ष १६ खेलाडीको चयन गत वर्ष विराटनगरमा भएको ३३औँ राष्ट्रिय प्रतियोगिताबाट भइसकेको छ । १६ देखि २०औँ स्थानका खेलाडी चयन गर्न केही दिनअघि लैनचौरमै छनोट प्रतियोगिता भएको थियो । उक्त छनोट प्रतियोगिताबाट पुरुषमा अर्घर्ााँचीका विनेश खनियाँ ? १७ औँ), भक्तपुरका पीयुष अवाल ? १८ औँ), सुनसरीका गणेश तामाङ ? १९ औँ) तथा ललितपुरका विवेक गौतम ? २० औँ) छानिएका थिए भने महिलातर्फ छनोट हुनेमा काठमाडौंकी सुनिता लामा ? १७ औँ), धनुषाकी गोमा गौतम ? १८ औँ), काठमाडौंकी इरिका महर्जन ? १९ औँ) तथा कास्कीकी मनिता चित्रकार ? २० औँ) छन् ।
प्रतियोगितामा दुवै समूहतर्फ समान १९०-१९० गरी जम्मा ३८० खेल हुने प्रतियोगिता संयोजक एवम् टेबुलटेनिसका वरिष्ठ मुख्य प्रशिक्षक वृजेन्द्र हमालले बताए । प्रतियोगिताको अनुमानित बजेट तीन लाख ५० हजार रुपैयाँ रहेको छ । त्यसमा पुरस्कारतर्फ एक लाख १० हजार रुपैयाँ छुट्याइएको छ । दुवै समूहमा पहिलो हुनेले १५ हजार नगद तथा एक थान जी-फाइभ मोबाइल प्राप्त गर्नेछन् । दोस्रोले आठ हजार तथा तेस्रो र चौथोले पाँच-पाँच हजार पाउनेछन् । पाँचौँदेखि आठौँ स्थान ओगट्नेले दुई हजार पाँच सयका दरले नगद पुरस्कार पाउनेछन् । ९औँदेखि १६ औँ स्थानमा रहनेले समान एक हजार पाँच सय/एक हजार पाँच सय जित्नेछन् । १७औँदेखि २०औँ स्थानका खेलाडी रेलिगेसनमा पर्नेछन् । प्रतियोगितालाई अन्तर्राष्ट्रिय मापदण्डको स्वरूप दिन चार बोर्डलाई म्याटमा राखी खेल खेलाइने आयोजकका अध्यक्ष चतुरानन्द राजवैद्यले जानकारी दिएका थिए । सलिना इन्टरप्राइजेजले पहिलो हुने खेलाडीका लागि ट्रफी प्रायोजन गरेको छ । सोही अवसरमा प्रतियोगितामा भाग लिने ४० खेलाडीको नामावली पनि सार्वजनिक गरिएको थियो ।

पपुलर प्लेयरमा पाँच खेलाडी
नेपाल खेलकुद मञ्चले चर्चित विधा पल्सर पपुलर प्लेयर अफ द इयर मनोनयन हालै सार्वजनिक गरेको छ । अलगअलग खेलका पाँच खेलाडी यस विधाका लागि मनोनयनमा परेका छन् । यसरी पपुलर प्लेयर अफ द इयरको मनोनयनमा पर्न सफल खेलाडीमा फुटबलका सागर थापा, क्रिकेटका राहुल विक, बक्सिङका दीपक महर्जन, पौडीकी श्रेया धिताल र भलिबलकी सिपोरा गुरुङ छन् । अघिल्लो वर्षसम्म यो विधामा सात खेलाडी मनोनयनमा पर्दै आएका थिए । पपुलर प्लेयर अफ द इयरको विजेता एसएमएस भोटिङका आधारमा गरिने मञ्चका उपाध्यक्ष अजय फुँयालले बताए । एसएमएसका लागि मञ्चले सोही कार्यक्रममा टीएचटीलाइभ ३१३१ साथ सम्झौता गरेको छ । नेपाल प्रज्ञा प्रतिष्ठानमा भदौ २५ मा हुने पल्सर स्पोर्टस् अवार्डको दिन पपुलर प्लेयर अफ दि इयरको विजेताको घोषणा गरिनेछ । एसएमएसबाट बढी मत प्राप्त गर्ने खेलाडी विजेता घोषित हुनेछन् । पल्सर स्पोर्टस् अवार्ड पपुलर प्लेयर अफ दि इयरसहित आठ विधामा दिइनेछ । पल्सर वर्षका उत्कृष्ट खेलाडी महिला र पुरुष खेलाडीले पल्सर मोटरसाइकल पाउनेछन् भने अन्य पल्सर वर्षको उत्कृष्ट युवा खेलाडी, पल्सर वर्षको उत्कृष्ट प्रशिक्षक, पल्सर वर्षको उत्कृष्ट पारा एथलिट, लाइफटाइम एचिभमेन्ट अवार्ड, स्पेसल अवार्ड र पल्सर पपुलर प्लेयर अफ द इयरका विजेताले ३० हजारसहित ट्रफी प्राप्त गर्नेछन् ।

गोजुरियो ओसिकाइको नेतृत्वमा नेत्र
जापान कराते दो गोजुरियो ओसिकाई सङ्घ नेपालको प्रथम साधारणसभाले नेत्र सुब्बाको नेतृत्वलाई निरन्तरता दिएको छ । हालै सम्पन्न भएको साधारणसभाले सुब्बालाई निरि्वरोध अध्यक्षमा चयन गरेको थियो । त्यस्तै रामकृष्ण श्रेष्ठ प्रथम उपाध्यक्ष र बाबुराज महर्जन उपाध्यक्षमा चुनिएका थिए । साथै ओमकृष्ण प्रर्साईं महासचिव, कमलमणि गौतम सचिव तथा रत्नलक्ष्मी श्रेष्ठ कोषाध्यक्षमा चयन भएका थिए । उक्त साधारणसभाले दिलीप शाह, चन्द्रप्रसाद गौतम, रविन्द्र तामाङ, प्रदीपजंग थापा, सुबोध पौडेल, सुरेन्द्र केसी, प्रिया केसी, रञ्जनमान श्रेष्ठ, वसन्तराज वाइबा, युवराज पाठक र अभि तामाङलाई सदस्यमा चयन गरेको थियो । साधारणसभाको राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव युवराज लामाले उद्घाटन गरेका थिए । सो अवसरमा बंगलादेशमा भएको तेस्रो डब्लु यूकेएफ अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा पदक विजेता खेलाडीलाई सम्मान गरिएको थियो । प्रतियोगितामा प्रदीपजंग थापा तथा सुुरज सुवेदीले स्वर्ण तथा अखिल मोदी र सञ्जयकुमार यादवले रजत पदक जितेका थिए ।

वरिष्ठ प्रशिक्षक दीपराजलाई मातृशोक
नेपाल तेक्वान्दो सङ्घका महासचिव एवम् तेक्वान्दो वरिष्ठ मुख्य प्रशिक्षक दीपराज गुरुङलाई मातृशोक परेको छ । गुरुङकी माता जशोदा गुरुङको ८० वर्षको उमेरमा भारतको सिलगुडीस्थित अस्पातालमा उपचारका क्रममा शुक्रबार निधन भएको थियो । उहाँ जन्डिसबाट ग्रसित हुनुहुन्थ्यो । नेपाल तेक्वान्दो सङ्घका अनुसार उहाँको शुक्रबारै गृहजिल्ला झापाको मेचीनदीमा दाहसंस्कार गरिएको छ । स्व. गुरुङका पति, तीन छोरा र १ छोरी छन् । मुख्य प्रशिक्षक गुरुङको माताको निधनमा नेपाल तेक्वान्दो सङ्घले गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना व्यक्त गरेको छ ।