पल्सर स्पोर्टस् अवार्ड – श्रीविक्रम भण्डारी

पल्सर स्पोर्टस् अवार्ड – श्रीविक्रम भण्डारी


को होला उत्कृष्टमध्ये उत्कृष्ट
विगत डेढ दशकदेखि नेपालका उत्कृष्ट खेलाडी तथा प्रशिक्षकलाई पुरस्कृत र सम्मान गर्दै आइरहेको नेपाल खेलकुद पत्रकार मञ्चले यो वर्ष पनि खेलाडीहरूको उपलब्धिलाई सम्मान गर्दै यही भदौ २५ गते ‘पल्सर स्पोर्टस् अवार्ड २०६७’ आयोजना गर्ने भएको छ । मञ्चले आठ विधामा अवार्ड प्रदान गर्ने जनाउँदै पल्सर पपुलर प्लेयर अफ द इयरको विजेता एसएमएस भोटिङका आधारमा छानिने बताएको छ । त्यस्तै पल्सर स्पोर्टस् अवार्ड २०६७ को मनोनयन पनि र्सार्वजनिक गरिसकेको छ । उक्त स्पोर्टस् अवार्डका लागि हंसराज हुलासचन्द एण्ड कम्पनी मुख्य प्रायोजकमा रहेको छ भने सह -प्रायोजकमा आईएसर्एमई प्रालि, आईएसर्एमई हाउजिङ, सूर्य नेपाल, डिस मिडिया नेटवर्क प्रालि र मेगा बैंक रहेका छन् । त्यस्तै एभिन्युज टेलिभिजन लाइभ पार्टनर र टीएचटी लाइभको ३१३१ लाई पल्सर पपुलर प्लेयर अफ द इयरको एसएमएस पार्टनरका रूपमा मञ्चको सहयोगी भूमिकामा देखिने छन् ।
वर्ष २०६७ मा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी र तिनका प्रशिक्षक नै पल्सर स्पोर्टस् अवार्ड -२०६७ को मनोनयनमा परेका हुन् । जसअनुसार यो वर्षको उत्कृष्ट पुरुष खेलाडीमा दीपक महर्जन ( बक्सिङ), विलमलाल श्रेष्ठ ( चेस), राहुल विक ( क्रिकेट), रोहित चन्द ( फुटबल) र श्याम श्रेष्ठ ( शारीरिक सुगठन) परेका छन् भने वर्षको उत्कृष्ट महिला खेलाडीमा जमुना गुरुङ ( फुटबल), अष्लेसा लिसानेभिच (टेनिस), अनु लामा ( फुटबल), मनिता शाही ( तेक्वान्दो) र कान्छीमाया कोजु एथलेटिक्स) रहेका छन् । त्यस्तै वर्षको उत्कृष्ट युवा खेलाडीमा पृथु बास्कोटा ( क्रिकेट), सरिता मगर ( क्रिकेट), फुपु ल्हामु खत्री ( जुडो), नेरी थापा ( क्रिकेट) र अनिश श्रेष्ठ ( टेबलटेनिस) रहेका छन् । त्यस्तै वर्षका उत्कृष्ट प्रशिक्षकमा श्यामसनजंग थापा ( क्रिकेट), ध्रुव केसी (फुटबल), प्रचण्ड शर्मा ( बक्सिङ), जगत टमाटा ( क्रिकेट) र ज्ञानेन्द्र नकर्मी ( शारीरिक सुगठन) मनोनयनमा परेका छन् ।
यो वर्ष आयोजना हुने स्पोर्टस् अवार्डमा आठ विधा रहेका छन् । जसमा पल्सर वर्षको उत्कृट पुरुष खेलाडी, पल्सर वर्षको उत्कृष्ट महिला खेलाडी, पल्सर वर्षको उत्कृष्ट युवा खेलाडी, पल्सर वर्षको उत्कृष्ट प्रशिक्षक, पल्सर वर्षको उत्कृष्ट पारा एथलिट, लाइफटाइम एचिभमेन्ट अवार्ड, स्पेसल अवार्ड र पल्सर पपुलर प्लेयर अफ द इयर रहेका छन् । हरेक वर्षझैं यो वर्ष पनि कार्यक्रमलाई थप उचाइमा पुर्‍याउन खेलाडीलाई दिने पुरस्कारलाई आकरि्षत बनाइएको छ । जसअनुसार पल्सर वर्षको उत्कृष्ट पुरुष र महिला खेलाडीलाई पल्सर मोटरसाइकल प्रदान गरिने भएको छ । बाँकी विधाका विजेतालाई मेगा बैंकले आफ्नो बैंकमा खाता खोली प्रत्येकलाई तीस हजार प्रदान गर्नेछ ।
मनोनीत खेलाडी, प्रशिक्षक र उपलब्धिहरू
दीपक महर्जन – बक्सिङ, उनले ८१ केजी तौल समूहमा एसियाली खेलकुदमा नेपालका लागि एक मात्र कास्य पदक जित्नुको साथै थाइल्यान्डमा सम्पन्न भएको प्रतिष्ठित किङ्स कपमा नेपाललाई ३२ वर्षपछि कास्य पदक दिलाउन सफल भएका थिए ।
विलमलाल श्रेष्ठ – बुद्धिचाल, रुसको खान्तीमा सम्पन्न ३९औँ चेस ओलम्पियाडबाट फिडेमास्टरको दर्जा हासिल गर्न सफल नेपालको दोस्रो फिडे मास्टर । प्रतियोगितामा नौ खेलबाट कुल ६.५ अङ्क हासिल गरेपछि जितको प्रतिशत ७२.५ बनाई स्वतः फिडेमास्टरका लागि चयन ।
राहुल विक – क्रिकेट, विश्व क्रिकेट लिग डिभिजन -४ मा ८ विकेट, १६औँ एसियाली खेलकुदमा चार विकेट तथा एसिसी यू -१९ इलाइट कपमा २१ गरी वर्ष २०६७ मा ३३ विकेट लिन सफल । थाइल्यान्डमा भएको एसीसी यू – १९ मा उपकप्तानको रूपमा नेपाललाई उपविजेता बनाउनुका साथै २१ विकेट लिई उत्कृष्ट बलर घोषित । नेपालबाट एकै अन्तर्राष्ट्रिय प्रतियोगितामा र्सवाधिक २१ विकेट लिने कीर्तिमान । एसीसी यू -१९ मा थाइल्यान्डविरुद्ध १५ रन खर्चेर लिएको आठ विकेट उमेर समूहमा नेपाली बलरको सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय प्रदर्शन ।
रोहित चन्द – फुटबल, मध्यपश्चिमबाट नेपाली फुटलबमा चम्केका सीमित खेलाडीमध्ये एक । गत वर्ष भारतको माथिल्लो डिभिजनको आई लिगमा हिन्दुस्तान एरोनोटिक्स लिमिटेड (एचएएल) बाट खेल्न सफल । उत्तर कोरिया सम्मिलित एएफसी च्यालेन्ज कप छनोटमा नेपालका लागि रक्षापङ्क्तिमा उत्कृष्ट प्रदर्शन गर्दा नेपाल च्यालेन्ज कपको दोस्रो चरणमा छनोट । श्याम श्रेष्ठ (शारीरिक सुगठन)
सातौँ दक्षिण एसियाली शारीरिक सुगठनको बेन्टमवेट (६५ केजी) मा नेपाललाई स्वर्ण पदक । विश्व पुरुष शारीरिक सुगठनमा नेपाललाई कास्य पदक । नेपालको शारीरिक सुगठन इतिहासमा अहिलेसम्मकै ठूलो उपलब्धि हासिल गर्न सफल ।
जमुना गुरुङ -फुटबल
गत वर्ष साफ च्याम्पियनसिपमा नेपाली महिला फुटबल टिमलाई उपविजेता बनाउन महत्त्वपूर्ण योगदान । नेपालले विपक्षी टिमहरूमाथि प्रतियोगिताभरि ३४ गोलले गर्दा कप्तान जमुना एक्लैको नाममा दश गोल ।
अस्लेसा लिसानेभिच -टेनिस
गत वर्ष नेपालमा आयोजना भएका चारवटै प्रतियोगितामा उपाधि । १४ वर्षकै उमेरमा एपीएफ राष्ट्रिय टेनिस प्रतियोगितामा नेपालकी नम्बर एक खेलाडी मलिका रानालाई हराएर महिला एकल उपाधि जित्न सफल । ग्वान्झाओमा टिम इभेन्टतर्फ सिंगल्स र डबल्समा मंगोलियाका खेलाडीलाई हराई क्वाटरफाइनल पुग्न सफल ।
अनु लामा -फुटबल
बंगलादेशमा भएको पहिलो महिला साफ च्याम्पियनसिपमा नेपाललाई उपविजेता बनाउँदा लगातार तीन ह्याटि्रक । नेपाली फुटबल इतिहासमै अन्तर्राष्ट्रिय फुटबलमा यस्तो गौरव हासिल गर्ने पहिलो फुटबलर । प्रतियोगितामा ११ गोल गर्दै र्सवश्रेष्ठ खेलाडी घोषित । मनिता शाही ( तेक्वान्दो) अन्तर्राष्ट्रिय कोरियन खुल्ला तेक्वान्दोमा ६२ केजी तौल समूहमा स्वर्ण ।
भारतको विशाखापट्नममा प्रथम इन्डियन खुल्ला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण । दक्षिण कोरियाको बुसानमा सम्पन्न सातौँ गियोन्याङमदो गभर्नर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा रजत ।
कान्छीमाया कोजु (एथ्लेटिक्स) १६औँ एसियाली खेलकुदमा ५ किलोमिटर दौडमा १६ मिनेट ४९.५ सेकेन्डको राष्ट्रिय कीर्तिमान बनाउन सफल । हिमालयन गाइडस इन्टरनेसनल पाथिभरा म्याराथनमा हाफ म्याराथुनको उपाधि । कान्तिपुर हाफ म्याराथुनको उपाधि
पृथु बास्कोटा -क्रिकेट
उनको कप्तानीमा नेपाल थाइल्यान्डमा सम्पन्न एसीसी यू -१९ इलाइट कपमा पुनः प्रभाव देखाउँदै फाइनलमा पुग्न सफल । यू -१९ विश्वकप छनोटका लागि बाटो खोल्न सफल ।
सरिता मगर -क्रिकेट
नेपाललाई लगातार दोस्रो वर्ष एसीसी यू – १९ महिला च्याम्पियनसिपको उपाधि दिलाउन सफल ।
– फाइनलमा नेपालले भुटानमाथि ६ विकेटको विजय हातपार्दा एक विकेट लिई अविजित २३ रन बनाएर वुमन अफ द फाइनल बन्न सफल । काठमाडौंलाई वाईवाई यू – १९ राष्ट्रिय च्याम्पियन बनाउँदा प्रतियोगितामा ६० रन बनाउनुका साथै ६.८८ को औसतमा आठ विकेट लिन सफल । फुपु ल्हामु खत्री ? जुडो थाइल्यान्डमा भएको एसियन युथ एन्ड जुनियर जुडो च्याम्पियनसिपको युथतर्फ कास्य पदक । पहिलो चरणमा काजाख्स्तानका खेलाडीसँग पराजित भए पनि तेस्रो स्थानका लागि भएको प्लेअफमा थाई खेलाडीलाई नकआउट गर्न सफल ।
नेरी थापा-क्रिकेट
आफ्नो कप्तानीमा नेपाललाई लगातार दोस्रो वर्ष एसीसी यू – १९ महिला च्याम्पियनसिपको उपाधि दिलाउन सफल । सिंगापुरमा नेपालका लागि र्सवाधिक एक सय ९१ रन बनाउनुका साथै आठ विकेट लिन सफल । प्रतियोगितामा उत्कृष्ट ब्याट्सवुमनको उपाधि हात पार्न सफल । वर्ष २०६७ मा दुईपटक वाइवाइ महिला राष्ट्रिय क्रिकेट हुँदा नेरीले पहिलोमा ११ विकेट लिँदै उत्कृष्ट बलर तथा दोस्रोपटकको राष्ट्रिय प्रतियोगितामा नेपालगन्जलाई विजेता बनाउँदा नौ विकेटका साथ उत्कृष्ट बलर र वुमन अफ द सिरिजको पुरस्कार जित्न सफल ।
अनिश श्रेष्ठ – टेबलटेनिस
भारतको देहरादुनमा भएको दक्षिण एसियाली टेबलटेनिस च्याम्पियनसिमा दुई कास्य पदक जित्न सफल
– जुनियर ब्वाइजको १८ वर्षमुनितर्फ टिम इभेन्टमा विवेक गौतम र सुजन थपलियासँग मिलेर तेस्रो स्थान ।
ब्वाइज डबल्समा विवेक गौतमसँग मिलेर कास्य पदक ।
विराटनगरमा भएको ३३औँ राष्ट्रिय प्रतियोगितामा जुनियरमा विजेता ।
श्यामसनजंग थापा -क्रिकेट
उनको प्रशिक्षणमा काठमाडौं क्षेत्र नं. ३ ले पहिलोपटक वाइवाइ महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता जित्न सफल । नेपाललाई एसीसी यू -१९ महिला च्याम्पियनसिपको उपाधि लगातार जिताउन सफल । ध्रुव केसी – फुटबल
बंगलादेशमा भएको पहिलो महिला साफ च्याम्पियनसिपमा नेपाल उपविजेता हुँदा वागडोर सम्हाल्ने प्रशिक्षक ।
प्रचण्ड शर्मा -बक्सिङ
चीनको ग्वान्झाउमा भएको १६औँ एसियाली खेलकुदमा नेपालका एकमात्र पदक विजेता दीपक महर्जनलाई सफलता दिलाउने प्रशिक्षक ।
जगत टमाटा – क्रिकेट
थाइल्यान्डमा भएको एसीसी यू – १९ इलाइट कपमा नेपाललाई फाइनलसम्म पुर्‍याउन सफल । उपविजेतासँगै नेपाल यू – १९ विश्वकप छनोट प्रतियोगितामा पुग्न सफल ।
ज्ञानेन्द्र नकर्मी – शारीरिक सुगठन
सातौ दक्षिण एसियाली शारीरिक सुगठनमा श्याम श्रेष्ठ र सचित प्रधानले स्वर्ण जिताउन सफल ।

हिम्स पौडीमा मनीषलाई चार स्वर्ण
चौथो हिम्स अन्तरविद्यालय पौडी प्रतियोगिताको ब्वाइजतर्फ आयोजक हिमालयन इन्टरनेसनल मोडल हायर सेकेन्डरी स्कुल ? हिम्स) का मनीष चित्रकारले र्सवाधिक चार स्वर्ण जित्न सफल भएका छन् । चार स्वर्णसँगै मनीष प्रतियोगिताकै र्सवाधिक स्वर्ण जित्ने एक्लो खेलाडीसमेत बनेका थिए । पहिलो दिन दुई स्वर्ण जितेका मनीषले प्रतियोगिताको अन्तिम दिन थप दुई स्वर्ण र एक रजतसमेत हात पारेका थिए । व्यक्तिगत चार स्पर्धामा सहभागिता जनाएका मनीषले चारैमा शीर्ष स्थान हात पारेका थिए । खुलातर्फ ४ गुणा ५० मिटर प्रिmस्टाइल रिलेमा भने मनीषले रजत जितेका थिए । अन्तिम दिन ब्वाइजको १५ देखि १७ वर्षको ५० मिटर ब्याकस्ट्रोक र ५० मिटर प्रिmस्टाइलमा मनीष पहिलो भए । उनको टाइमिङ ब्याकस्ट्रोकमा ३८.५३ सेकेन्ड तथा प्रिmस्टाइलमा ३०.५३ सेकेन्ड रह्यो ।
नारायणटारस्थित आयोजक हिम्सकै पौडीपोखरीमा भएको गल्र्सको खुलातर्फ एक सय मिटर व्यक्तिगत मिड्लेमा सेन्टमेरिजकी ओसिना भारती ? १ मिनेट ३४.५० सेकेन्ड) तथा सोही उमेर समूहको २५ मिटर ब्याकस्ट्रोकमा ओसिनले नै ? २२.५० सेकेन्ड) पहिलो हुँदै व्यक्तिगत स्वर्ण सङ्ख्या तीन पुर्‍याएकी थिइन् । ब्वाइजको यू ? १० उमेर समूहको २५ मिटर ब्याकस्ट्रोकमा तथा २५ मिटर प्रिmस्टाइलमा लिटिल्स एन्जल्स ? एलए) का पासाङ शर्ेपा पहिलो भए । ब्वाइजको ११ देखि १२ वर्षको ५० मिटर ब्याकस्ट्रोकको दूरी ४१.८७ सेकेन्ड तथा ५० मिटर प्रिmस्टाइलको दूरी ३१.६० सेकेन्डमा पूरा गर्दै एलएका सन्जित चौधरी पहिलो स्थानमा रहन सफल भएका थिए ।
गल्र्सतर्फ ११ देखि १२ वर्षको ५० मिटर ब्याकस्ट्रोकमा काठमाडौं भ्यालीकी शिला गुरुङले ? ४४.८४ सेकेन्ड) स्वर्ण जितेकी थिइन् भने १३ देखि १४ वर्षको ५० मिटर ब्याकस्ट्रोकको ब्वाइजमा रुपिजका सिउङ वि सियो तथा गल्र्समा किस्ककी अविगेल नोबल पहिलो भएका थिए । १३ देखि १४ वर्षकै ५० मिटर प्रिmस्टाइलमा पनि सिउङले स्वर्ण हात पारेका थिए । गल्र्सको १५ देखि १७ वर्षको ५० मिटर ब्याकस्ट्रोकमा हिम्सकी पासाङ ल्हामु ५१ सेकेन्ड समय निकाल्दै पहिलो भएकी थिइन् भने यू ? १० गल्र्सको २५ मिटर प्रिmस्टाइलमा हिम्सकी मेहन्दो शर्ेपा १७.९४ सेकेन्ड समयसाथ शीर्ष स्थानमा रहेकी थिइन् । १३ देखि १४ वर्षको गल्र्सतर्फ ५० मिटर प्रिmस्टाइलमा द ब्रिटिस स्कुलकी आस्ना लामा ? ३७.९६ सेकेन्ड) तथा गल्र्सकै १५ ? १७ वर्षको ५० मिटर प्रिmस्टाइलमा ब्रिटिसकै लिली कोल्सटन ? ३६.८७ सेकेन्ड) पहिलो भएका थिए । प्रतियोगितामा कुल ९० अङ्कसाथ लिटिल एन्जल्स पहिलो, ६६ अङ्कसाथ हिम्स दोस्रो तथा ५६ अङ्कसाथ ब्रिटिस स्कुल तेस्रो स्थानमा रहे । विजेतालाई आयोजक हिम्सका निर्देशक छेवाङ निमा लामालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । दुईदिने प्रतियोगितामा विभिन्न ३० विद्यालयका चार सय प्रतिस्पर्धीले ३६ स्वर्णका लागि प्रतिस्पर्धा गरेका थिए ।

रिजेन्द्रको प्रदर्शन उत्कृष्ट
इन्द्रचोक क्लब खुला फिडे रेटिङ बुद्धिचाल प्रतियोगिताको उपाधि काठमाडौं चेस क्लबका रिजेन्द्र राजभण्डारीले जितेका छन् । रिजेन्द्रले आफ्नो अन्तिम खेलमा नेपाल च्याम्पियन बद्रीलाल नेपालीलाई पराजित गर्दै साढे आठ अङ्क बटुल्दै प्रथम स्थान हासिल गरेका थिए । त्यस्तै फिडे मास्टर सुजेन्द्रप्रसाद श्रेष्ठले पर्ूव नेपाल च्याम्पियन सुरवीर लामालाई पराजित गर्दै दोस्रो स्थान हासिल गरेका थिए । लामाले ७ अङ्क प्राप्त गरेका थिए । लामासँगै समान अङ्क भए पनि नवीन तण्डुकारले तेस्रो स्थान हासिल गरेका थिए । उनले अन्तिम खेल राजन पुरीसँग बराबरी खेलेका थिए । राजनले चौथो स्थान हासिल गरेका थिए । त्यस्तै अनरेटेडतर्फ सुदीप बज्राचार्य पहिलो र मनोज विक दोस्रो भएका थिए । स्थानीयतर्फ प्रेमकृष्ण महर्जन उत्कृष्ट खेलाडी सावित भएका थिए । विजयी खेलाडीलाई सभासद् नवीनराज जोशीले पुरस्कार प्रदान गरेका थिए । विजेताले ११ हजार, उपविजेताले आठ हजार र तेस्रो हुनेले ६ हजार नगद पाएका थिए ।

क्योकुसिनको अध्यक्षमा जगत गौचन
नेपाल क्योकुसिन कराते डो सङ्घको प्रथम साधारणसभाले जगतप्रसाद गौचनको अध्यक्षतामा १७ सदस्यीय केन्द्रीय कार्यसमितिको निर्विरोध चयन गरेको छ । केन्द्रीय कार्यसमितिको उपाध्यक्षमा पुष्पमान मानन्धर ? प्रथम) र रविनसुन्दर सैजु, महासचिवमा रामजीप्रसाद बज्राचार्य, सचिवमा रविन्द्र महर्जन तथा कोषाध्यक्षमा प्रेमनाथ श्रेष्ठ रहेका छन् । त्यस्तै सदस्यहरूमा मदन कुँवर, प्रेमबहादुर तामाङ, डम्बरबहादुर विक, चन्द्रश्याम डङ्गोल, राजु तुलाधर, करुणानिधि त्रिपाठी, प्रेम बलायर, राकेश बज्राचार्य, उत्तम श्रेष्ठ, सत्येन्द्रकुमार सिंह तथा सुरेन्द्र खड्का छन् । हिमालयन होटलमा भएको साधारणसभाको राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पीताम्बर तिम्सिनाले उद्घाटन गर्नुभएको थियो । पदाधिकारीहरूलाई राखेपअन्तर्गत खेलकुद विकास विभाग प्रमुख एवम् प्रमुख निर्वाचन अधिकृत कमल खनालले प्रमाणपत्र वितरण गर्नुका साथै पद तथा गोपनीयताको शपथग्रहण गराउनुभएको थियो । सङ्घको सोही दिन बसेको बैठकले विनोदविक्रम सिंहलाई प्रमुख सल्लाहकार तथा श्रीचन्द्र डङ्गोल र गणेशलाल महर्जनलाई सदस्यमा मनोनयन गर्ने निर्णय गरेको थियो ।

पुष्पलाल राष्ट्रिय ब्याडमिन्टन सुरु
नेपाल खेलकुद महासङ्घको आयोजना र नेपाल ब्याडमिन्टन सङ्घको तत्वावधानमा भदौ २१ देखि २४ गतेसम्म प्रथम पुष्पलाल स्मृति र्‍याङकिङ राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको आयोजना हुने भएको छ । उक्त प्रतियोगितामा नेपाल ब्याडमिन्टन सङ्घको बरियताअनुसार पुरुषका शीर्ष २० र महिलाका शीर्ष १० खेलाडीले सहभागिता जनाएका छन् । लिगकम नकआउटका आधारमा सञ्चालन हुने यो प्रतियोगितालाई पुरुषलाई चार र महिलालाई दुई भागमा विभाजन गरेर खेलाइनेछ । हरेक समूहबाट पुरुषतर्फ दुई खेलाडी क्वाटरफाइनलमा प्रवेश गर्नेछन् भने महिला खेलाडी सीधै सेमिफाइनलमा प्रवेश गर्नेछन् ।
विश्व ब्याडमिन्टन सङ्घको नियमअनुसार खेलाइने यो प्रतियोगितामा हरेक खेलाडीले हरेक खेलवाट नगद पुरस्कार प्राप्त गर्ने आयोजक कमिटीले बताएको छ । महिला तथा पुरुष खेलाडीले सहभागिताबापत सुरुमै एक हजार पाँच सय प्राप्त गर्नेछन् भने लिगमा हरेक खेल जितेबापत पनि समान एक हजार पाँच सय पाउनेछन् । त्यस्तै क्वाटरफाइनलमा प्रवेश गर्ने पुरुष खेलाडीले पाँच हजार प्राप्त गर्नेछन् भने सेमिफाइनलमा पुग्ने दुवै विधाका खेलाडीले समान आठ हजार रुपैयाँ पाउनेछन् । यसैगरी दुवैको विजेताले १५ हजार र उपविजेताले आठ हजार प्राप्त गर्नेछन् ।
यो उत्कृष्ट खेलाडीहरूबीच प्रतिस्पर्धा हुनेे भएकोले प्रतियोगिताको शुभारम्भदेखि नै निकै प्रतिस्पर्धात्मक हुने नेपाल ब्याडमिन्टन सङ्घका अध्यक्ष रामजी श्रेष्ठले बताएका छन् । श्रेष्ठले नेपालमा यस्तो पद्धतिमा पहिलोपटक प्रतियोगिताको आयोजना भइरहेको पनि बताएका थिए । यो प्रतियोगितामा यू ? १७ ब्वाइज र गल्र्स तथा भेट्रान ४४ ? ४५ वर्षमाथिको प्रतिस्पर्धा पनि हुनेछ । एउटा खेलाडीले दुई विधामा प्रतिस्पर्धा गर्न पाउने छैन । यू ? १७ को विजेताले १० हजार र उपविजेताले सात हजार पाउनेछ ।