पौडेलले जित्नुभएन, काङ्ग्रेसले हार्‍यो -त्रिभुवनचन्द्र वाग्ले

पौडेलले जित्नुभएन, काङ्ग्रेसले हार्‍यो -त्रिभुवनचन्द्र वाग्ले


नेपाली काङ्ग्रेसका नेता रामचन्द्र पौडेलले प्रधानमन्त्रीको निर्वाचनमा दुईपटक पराजय भोग्नुपर्‍यो । केही बचकनाहरू पौडेलले १७औँ, १८औँ पटक चुनाव हारेको कुरा गर्छन् । विगतका १७ ? १८ पटकमा संसद्ले प्रधानमन्त्रीको निर्वाचन गर्न नसकेको हो । यसो हुनुमा सभामुख नेम्वाङको पदीय उदासीनता, एमालेको उभयलिङ्गी चरित्र, काङ्ग्रेसको फितलो संवाद – शक्ति र एमाओवादीको विध्वंसात्मक राजनीतिक दर्शन प्रमुख कारण छन् । यो अब इतिहासको घटना भइसकेकोले यसलाई ऐतिहासिक कोणबाट मात्र विवेचना गर्न सकिन्छ । अहिलेलाई यति भन्न सकिन्छ ? पौडेलले दुईपटक चुनाव हार्नुभयो र काङ्ग्रेसलेचाहिँ १८ पटक । विगतका घटनालाई हेर्ने हो भने मुलुकको राजनीतिक सौदाबाजीमा सधैं जितिरहने र जितिरहेको काङ्ग्रेसको पराजय शृङ्खला सुरु भएको छ । राजनीतिका पछिल्ला घटनामा पौडेल, देउवा वा सुशील कोइरालाले जे परिणाम भोग्नुपरेको छ त्यो उहाँहरू काङ्ग्रेस भएको कारण हात लागेको पराजय हो । पराजित काङ्ग्रेसमार्फ प्राप्त परिणाम हो ।
०६२/६३ को जनआन्दोलनपछिका हरेक राजनीतिक सौदाबाजीमा काङ्ग्रेसको हात तल पर्दै गयो । ०४६ को आन्दोलनपछि भएको परिवर्तनलाई अस्वीकार गर्दै अघि बढ्नुपर्छ भन्ने भीडलाई ‘प्रजातन्त्रमा राजाको पनि जित हुन्छ’ भनेर विश्व प्रजातन्त्रको प्राज्ञिक परिभाषामा नयाँ आयाम दिनुभएका गिरिजाप्रसाद कोइराला पछिल्लो समयमा आफ्नै दर्शनमा अडिन सक्नुभएन । काङ्ग्रेस र त्यसको नेतृत्वलाई भीडले डोहोर्‍याउन थाल्यो । यसो हुनुमा गिरिजाबाबुकै भूमिका निर्ण्ाायक रह्यो । राष्ट्रिय मेलमिलाप र संवैधानिक राजतन्त्रलाई भीडकै दबाबमा काङ्ग्रेसले परित्याग गर्‍यो, त्यो पनि ठूलो कन्फ्युजन र विरोधाभाषपूर्ण मनस्थितिमा । बिनातयारी गणतन्त्रमा काङ्ग्रेसको चोला फेरियो । गणतन्त्रमा जाँदा काङ्ग्रेस कति कन्फ्युज्ड र विरोधाभाषपूर्ण मनस्थितिमा थियो भन्ने छनक गिरिजाबाबुले ‘बेबी किङ’ अवधारणा ल्याएर पनि त्यसमा अड्न सक्नुभएन । जतिखेरदेखि नेपाली काङ्ग्रेसले आफ्ना स्थापित मूल्य र मान्यतालाई विघटन गर्दै ‘हलुवा र बालुवा’ मिसिने अवस्थामा पुग्यो, उसले आफूलाई अरूभन्दा भिन्न देखाउन सकेन । भिन्नरूपले नेपाली राजनीतिमा आफ्नो आवश्यकताको औचित्यको पुष्टि गर्न क्रमशः काङ्ग्रेस असफल हुँदै गयो । गणतन्त्र एमाओवादीकै बाटो हो । काङ्ग्रेसको बाटो थिएन । त्यसैले काङ्ग्रेस एमाओवादीको बाटोमा घिच्चिएकै हो । यद्यपि, एमाओवादीसमेत राजतन्त्रको अन्यमा स्पष्ट थिएन । काङ्ग्रेस, एमालेले सुरु गरेको ‘निरङ्कुश राजतन्त्रको अन्त्यमा’को मागमा ऊ मिसिन आएको थियो । उसले सशस्त्र द्वन्द्वकै दौरान ‘यथार्थलीय धरातलमा राजतन्त्रलाई पनि एउटा शक्ति’ स्वीकार गरेकै हो, राजा वा उनका भारदारहरूसँग सौहार्द सम्बन्ध रहेको स्वीकार गरेकै हो । सांस्कृतिक राजतन्त्रको अवधारणा ल्याएकै हो । राजाका वरिपरि असाध्यै राष्ट्रवादी मानिस छन् भनेकै हुन् तर पनि उसले काङ्ग्रेसलाई गणतन्त्रको बाटोमा घिच्च्याएकै हो । लतारेर ल्याएकै हो । सधैं राजनीतिको केन्द्रमा रहने काङ्ग्रेसले माओवादी केन्द्रियता स्वीकार गरेकै हो । यसका विभिन्न कारण हुन सक्छन् । यसैबेलादेखि काङ्ग्रेसको पराजय सुरु भयो । काङ्ग्रेस फुटबलको रक्षात्मक खेलमा सीमित हुँदै अब त वाकओभर दिने परिस्थितिमा पुगेको छ । राजनीतिक घटना निर्माण गर्ने काङ्ग्रेस पछिल्ला दिनमा राजनीतिक घटनामा प्रतिक्रिया मात्र दिने संस्थामा परिणत हुँदै गयो । असम्भवलाई सम्भव बनाउने ? संसद्को पुनर्स्थापना), प्रतिकूलतालाई पनि अनुकूल बनाउने काङ्ग्रेस नेतृत्व पछिल्लो अवस्था आइपुग्दा करिबकरिब राजनीतिक रमितेमा परिणत हुन पुग्यो । यो लेखको आशय काङ्ग्रेसले राजतन्त्र बचाउनुपर्दथ्यो भन्ने होइन । बीपी भन्नुहुन्थ्यो, ‘राजाले राष्ट्रियताका लागि केही पनि गर्नुपर्दैन, आफ्ना छोराका लागि सिंहासन जोगाइदिए पुग्छ, यसमा राष्ट्रियता पनि सुरक्षित रहन्छ ।’ आफ्नो र छोराका लागि सिंहासन जोगाउन नसक्ने राजालाई काङ्ग्रेसले काँध थाप्नुपर्दथ्यो भन्ने होइन । काङ्ग्रेसले काँध थापेको भए पनि सम्भव थिएन राजा ज्ञानेन्द्रलाई जोगाउन । प्रजातन्त्रको प्रवाहमा आफूलाई डाइलुट ? घुलित) गर्न नसकेको नेपाली राजतन्त्र कुनै पनि दिन किनारा/पाखा लाग्नु थियो । यसो हुने राजतन्त्रको ऐतिहासिक भूलको परिणाम थियो । बेलायती राजसंस्था हालसम्म रहनु र नेपाली राजतन्त्र नरहनुमा यही भिन्नता छ । भिन्नता यो पनि हो कि बेलायतामा राजसंस्था छ नेपालमा राजतन्त्र थियो । संस्था र तन्त्रमा हुने मौलिक राजनीतिक अन्तरले यिनीहरूको आयु निर्धारण गरेको हो ।
यति हुँदाहुँदै पनि नेपाली राजतन्त्र एउटा शक्ति थियो । अहिले पनि उसलाई पुनरुत्थानवादी, प्रतिक्रियावादी, दरबारिया, गणतन्त्रविरोधी, प्रतिगमनकारीजस्ता शक्तिको रूपमा नेताहरूले परिभाषित गरेका छन् र कुनै न कुनै शक्तिका रूपमा स्वीकार गरेका छन् । विघटित राजतन्त्र कुनै शक्ति होइन भने ‘निर्विकल्प’ गणतन्त्रलाई किन ऊबाट खतरा देख्छन् नेताहरू ? यदि ऊ शक्ति थियो र हो भने काङ्ग्रेसको असफलता वा अदूरदरि्शता यही हो उसले यस्तो शक्तिलाई समायोजन गर्न सकेन । निषेध गर्‍यो । निषेधको राजनीति गर्दा नै नेपाली राजतन्त्रको यो हविगत भएको हो । राजतन्त्रको अस्तित्व स्वीकार गर्नुपर्दथ्यो भन्नु राजावादी सोच होइन, यो त विज्ञानको कुरा हो कुनै पनि शक्तिको अस्तित्व हुन्छ र त्यो नाश हुन सक्दैन त कम्युनिस्ट दर्शनका पण्डित माक्र्सले पनि भनेका छन् । मृत्युपत्रमा हस्ताक्षर गर्दै राष्ट्रिय मेलमिलापको नीति अवलम्बन गरेको काङ्ग्रेसले फेरि राजतन्त्रको सन्दर्भमा जुन निषेधात्मक राजनीतिक सुरु गर्‍यो, त्यहीँबाट काङ्ग्रेसको पराजयी यात्रा सुरु भएको छ । विगतका घटनाले पुष्टि गर्दछन् ? यो शृङ्खला थप लम्बिनेछ । रामचन्द्र पौडेलले प्रधानमन्त्रीको निर्वाचनमा दुईपटक र काङ्ग्रेसले पटकपटक पराजय भोग्नुका कारण यिनै हुन् । काङ्ग्रेसले राजा, राजसंस्था र राजतन्त्रलाई अलगअलग गरेर बुझ्न नसक्दा काङ्ग्रेसको मध्यमवादी पहिचान र मेलमिलापवादी दर्शन हरायो । रङ्गीन प्वाँख झरेको डाँफे र कागमा सायद मौलिक पहिचानको सङ्कट पर्छ । यही सङ्कटमा वर्तमान काङ्ग्रेस छ ।
गणतन्त्र माओवादीको सन्तान भयो मानौँ अरू कसैले यसलाई सुरक्षा र सर्म्बर्धन गर्नुपर्दैन । सङ्घीयता, धर्मनिरपेक्षता र जातीयताका सन्दर्भमा पनि काङ्ग्रेसको कहीँ कतै खाँचो पुष्टि हुन सकेको छैन किनभने यी सबै अरूका नारा हुन् र यी नारामा काङ्ग्रेस बाध्यताले नारिएको मात्र हो । मधेसी मोर्चा वा अन्य कुनै शक्तिलाई आत्मनिर्णयको अधिकारसहितको स्वायत्तता काङ्ग्रेसले होइन माओवादीले दिन्छ । देशलाई २२ से २४ से राज्यमा प्लटिङ गर्ने उद्यम पनि गर्दैन काङ्ग्रेस, मुलुकका प्रत्येक टार र टाकुरा ‘तिमीहरूको राजधानी हुन्छ भनेर मत ? व्यापार’ गर्न पनि पनि सक्दैन । गरे पनि अरूले पत्याउँदैनन् । यति भएपछि नेपाली राजनीतिको कुन सन्दर्भ र कहाँ काङ्ग्रेसको उपस्थिति आवश्यक रह्यो भन्ने ? प्रश्नमा काङ्ग्रेस मौन प्रायः बस्नुपर्ने अवस्था छ । यो मौनतामा काङ्ग्रेसले पिठो बिकाउन सक्दैन । काङ्ग्रेस पराजयको कारण यो पनि हो । पौडेलले नजित्नुको कारण यो पनि हो । मानव उद्विकासको सिद्धान्तले [Principle of human evolution] ले मानवका प्रत्येक शारीरिक अङ्ग प्रयोग र प्रयोगहीनता ृगकभ बलम mष्क गकभे बाट अस्तित्वमा रहन्छ वा रहँदैनन् । काङ्ग्रेसले नेपाली राजनीतिक प्रयोगशालामा आफ्नो प्रयोगलाई निरन्तर राख्न सकेन भने ऊ एक दिन मानव शरीरको एपेन्डिक्स हुन सक्दछ, प्रयोगहीन एपेन्डिक्स । पौडेल पराजयका कारण काङ्ग्रेसको एपेन्डिक्सीकरण हो । काङ्ग्रेसको प्रयोगहीनता हो । मध्यमार्गी र मेलमिलापवादी मौलिकता उग्लनु नै काङ्ग्रेस पराजयको कारण हो ।
एमालेजस्तो सुती ? सुती खाइरहनु पर्ने जर्ज अरवेलको ‘मोर इक्वाइल’ प्राणीका बारेमा केही बोल्नु समय बर्बाद गर्नु हो । ‘सूर्यदेखि सूर्यमुनि सारा’ एमालेलाई खाइरहने अवसर मिल्नुपर्छ । राजा वा दलहरूको शासनमा एमालेलाई सधैं खाने अवसर मिल्नुपर्छ । एकातिर क्रान्तिको ठूलाठूला सपना बाँड्ने माओवादी र अर्कोतिर जे ? जस्तो व्याख्या गरेर पनि सत्ताबाट कहिल्यै बाहिरिन नजान्ने, राजशक्ति, जनशक्ति, छिमेकी शक्ति जताको लागि पनि उपयुक्त ठहरिँदै आएको एमालेको बीच प्रजातन्त्र, समाजवाद र मेलमिलापलाई गायत्रीमन्त्र ठान्ने काङ्ग्रेस न माओवादी हुन सक्दछ र एमाले । यो हाँस न बकुल्लाको चालले गर्दा काङ्ग्रेस कहिले कोइली र कहिले काग बन्ने गरेको छ । मौलिकता गुमाएको कारण काङ्ग्रेसले भोगेको पराजयमा पौडेल निमित्त पराजयी हुनुभएको हो । उहाँले जित्नुभएन, कारण काङ्ग्रसेले हार्‍यो । उहाँले कदापि जित्नुहुन्न, जबसम्म काङ्ग्रेसले जित्दैन । काङ्ग्रेस सत्ताको लेनादेना, खेलकुद र लोभानी ? पापानीको कुटिल खेलबाट भन्दा प्रजातन्त्र, समाजवाद र मेलमिलापको सपाट सोझोबाटोबाट हिँडेर लक्ष्यमा पुग्न सक्दछ । त्यही दिन मात्र सच्चा प्रजातन्त्रवादी नेता पौडेलको जित हुन्छ । काङ्ग्रेसको जित हुन्छ । काङ्ग्रेसको पराजय प्रधानमन्त्रीको चुनाव वा अङ्कगणितमा खोज्नु हुँदैन, उसको मौलिकतामा खोज्नुपर्छ । जबदेखि काङ्ग्रेस कोइली र कागमा छुटि्टन सकेन, जबदेखि काङ्ग्रेस हलुवा र बालुवामा छुटि्टन सकेन त्यहीँबाट काङ्ग्रेसको पराजय सुरु भएको हो । त्यसैले पौडेलको पराजय त प्रतीकात्मक पराजय मात्र हो ।