‘संविधान संशोधनको मुद्दामा सङ्घर्ष जारी’

‘संविधान संशोधनको मुद्दामा सङ्घर्ष जारी’


राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले संविधान संशोधन हुनुपर्ने मुद्दामा आफूहरूको सङ्घर्ष जारी रहेको बताएका छन् ।

राजपा सिरहाका अध्यक्षमण्डल सदस्य रामबहादुर महतोको १३औँ दिनको पूण्यतिथिमा मंगलबार आयोजित श्रद्धाञ्जलिसभामा नेता महतोले संविधानमा रहेका त्रुटि नसच्याएसम्म संविधानको स्वागत गर्न नसकिने बताए । उनले भने, ‘संविधान संशोधन गर्नुपर्छ ।’ मधेशी जनताको हकअधिकार अझै सुनिश्चित भई नसकेको उनको धारणा थियो ।

श्रद्धाञ्जलिसभामा प्रदेश नं २ का सामाजिक विकासमन्त्री नवलकिशोर साह, प्रदेश वनमन्त्री रामनरेश राय, वन राज्यमन्त्री सुरेश मण्डललगायतको उपस्थिति थियो ।