विप्लव नेतृत्वको नेकपाका उपत्यका इञ्चार्ज नवीन पक्राउ

विप्लव नेतृत्वको नेकपाका उपत्यका इञ्चार्ज नवीन पक्राउ


गएराति विप्लव नेतृत्वको नेकपाका उपत्यका व्युरो इञ्चार्ज नवीन बीके पक्राउ परेका छन् । बीकेलाई ललितपुरबाट पक्राउ गरेको हो ।

सरकारद्वारा प्रतिबन्धित नेकपाका उपत्यका व्युरो इञ्चार्ज बीकेलाई नेपाल प्रहरीको केन्द्रीय कार्यालयबाट खटिएको विशेष टोलीले पक्राउ गरेको प्रहरी स्रोतले जनाएको छ ।

यसअघि प्रहरीले उपत्यका इञ्चार्ज माइला लामालाई पक्राउ गरेको थियो । माइला लामाको जिम्मेवारी बीकेले सम्हाल्दै आएका थिए ।

ज्ञातव्य छ, कालिकोटको नरहरिनाथ गाउँपालिका घर भएका नवीन प्रतिबन्धित नेकपाका नेता प्रकाण्डका विश्वासपात्र मानिन्छन् । ०६४ मा संविधानसभा सदस्य भएका उनी स्थानीय विकास मन्त्रालयका पूर्व राज्यमन्त्रीसमेत हुन् ।