वुहानमा रहेका एक सय असी विद्यार्थीको ‘उद्धार’ पाँच दिनपछि

वुहानमा रहेका एक सय असी विद्यार्थीको ‘उद्धार’ पाँच दिनपछि


अभिभावकदेखि अधिकारकर्मीसम्मको दबाब बढेपछि चीनको वुहानबाट एक सय असी नेपाली विद्यार्थीको उद्धार गर्न नेपाल सरकार तयार भएको छ । विद्यार्थी लिन आगामी फागुन ३ गते नेपाल एयरलाइन्सको वाइडबडी (एयरबस ३३०) विमान चीन पठाइने बताइएको छ ।

बेइजिङस्थित नेपाली दूतावाससँगको समन्वयमा सरकारले वुहानमा रहेका नेपाली विद्यार्थीलाई उद्धार गर्ने पर्यटन मन्त्रालय स्रोतको भनाई छ । बताइएअनुसार त्यसका लागि पर्यटन, स्वास्थ्य मन्त्रालय, परराष्ट्र र नेपाल एयरलाइन्सका प्रतिनिधिसहितको समिति बनाइएको छ ।