रोजगारका लागि विदेश पठाउने बहानामा ठगी गर्ने पक्राउ

रोजगारका लागि विदेश पठाउने बहानामा ठगी गर्ने पक्राउ


वैदेशिक रोजगारीमा पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध नियन्त्रण महाशाखको टोलीले सोलुखुम्बु घर भई भक्तपुर लोकन्थली बस्ने बालकृष्ण कार्कीलाई पक्राउ गरेको हो । उनले कतार, माल्दिभ्सलगायतका देशमा पठाई दिन्छु भनी प्रलोभनमा पारेर आठ लाख लिएको खुल्न आएको प्रहरीको भनाई छ ।

पैसा लिएर फरार भएका उनलाई पीडितको जाहेरीकोे आधारमा पक्राउ गरिएको जानकारी दिँदै महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाले भक्तपुरबाट पक्राउ परेका कार्कीलाई थप कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं बुझाइएको बताए ।