सेतीनदीको खोचबाट आकाशको उद्दार

सेतीनदीको खोचबाट आकाशको उद्दार


पोखरास्थित सेतीनदीको खोचमा अड्किएका एकजनालाई नेपाल प्रहरीको उद्दार समूहले सकुशल उद्दार गरेको छ । घरमा पालेको आफ्नो कुकुर हेर्न जाने क्रममा म्याग्दी घर भई हाल पोखरा महानगरपालिका वडा नं. ९ पार्वती टोल बस्दै आएका आकाश गुरुङ नदिको खोचमा खसेका थिए ।

गुरूङ खोचमा खसेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेपश्चात तत्कालै गण्डकी प्रदेश सशस्त्र प्रहरी गण पोखराको उद्दार समूह र वडा प्रहरी कार्यालय वैदाम कास्कीको प्रहरी टोली उनको उद्दारमा खटिएको थियो ।

प्रहरीको उद्दार टोलीले केहीबेरमै आकाशलाई उद्दार गरेको थियो भने उद्दार गरिएका गुरुङको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।