सल्यानमा नेपाली सेनाको ट्रक दुर्घटना, जमदारको मृत्यु

सल्यानमा नेपाली सेनाको ट्रक दुर्घटना, जमदारको मृत्यु


सल्यानबाट बुटवलतर्फ गइरहेको नेपाली सेनाको एक ट्रक आज सल्यानको कपुरकोटमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा परेर सेनाका जमदार यादवप्रसाद धरेलको मृत्यु भएको हो ।

सल्यान प्रहरीले दिएको जानकारीअनुसार सल्यानको सवुज गणबाट बुटवलतर्फ हातहतियार र विष्फोटक पदार्थ बोकेर जाँदै गरेको लु १ ग १२३ नम्बरको सेनाको ट्रक बुधबार (२९ माघ) अपरान्ह दुर्घटनामा परेको हो । सो दुर्घटनामा परेर मेजर ईश्वर सिलवाल, सिपाही विशाल गुरुङ, रेशम हिटन मगर, विपिन श्रेष्ठ, हवल्दार जयप्रकाश बोहरा र मोहन थापा घाइते भएका छन् ।

कपुरकोट गाउँपालिका वडा नम्बर ३ मा पर्ने चोरखोलामा भन्ने स्थानमा सडकबाट ट्रक झन्डै ५ सय मिटर तल खसेको छ भने तीव्र गतिका कारण ट्रक दुर्घटनामा परेको हो ।