गैरआवासीय नेपाली संघ बेलायतमा व्यापक असन्तुष्टि

गैरआवासीय नेपाली संघ बेलायतमा व्यापक असन्तुष्टि


प्रकाश केसी, लण्डनबाट
गैरआवासीय नेपाली संघको स्थापनाको १५औँ वार्षिकोत्सव मनाउने क्रममा संघका अध्यक्षलगायतका केन्द्रीय पधाधिकारीहरुको उपस्थितिमा बेलायतको अल्डरस्थित एम्पाएर हलमा बिहीबार (५ मार्च) एक कार्यक्रमको आयोजना गरिएको थियो । खासगरी पछिल्लो समयमा आएर गैरआवासीय नेपाली संघको बेलायत शाखामा आर्थिक घोटालाको आधारमा संस्था विवादमा फसेको थियो ।

निर्वतमान समितिले सोसम्बन्धी स्पष्ट रुपमा वर्तमान समितिलाई र वर्तमान समितिले आम सदस्यहरुलाई पारदर्शी रुपमा व्याख्या नगरेकोले विवाद नहुँदै संस्थाले आफ्ना लागि १६५ जना सल्लाहकार नियुक्त गरी एक किसिमले विवाद ओझेलमा पार्ने प्रयास गरेको थियो । श्रीमती पुनम गुरुङको नेतृत्वको कार्यसमितिका लागि छनोट गरिएका सल्लाहकारहरूमा गुरुङ समुदायकै ४७ जना सल्लाहकार नियुक्त गरिएको भनेर अर्को विवाद सतहमा आएको छ ।

यस्तै किसिमका विवादहरूको अर्को गहिरो तह भनेको यस कार्यकारी समितिको चुनावको क्रममा धाँधली भएको र सोही धाँधलीको आधारमा नै श्रीमती पुनम गुरुङको प्यानलले जितेको भन्ने रहेको छ, जसमा तत्कालीन केन्द्रीय उपाध्यक्ष कुल आचार्यले निष्पक्ष रुपमा समाधानलाई मध्यस्थता गरी समाधान गर्नतर्फ नलागी केन्द्रीय अध्यक्षको पदको आफ्नै अभीष्टको लागि बाटो फराकिलो पार्ने ध्येयअनुसार नरम नीति लिएर समस्यालाई तत्कालीन रुपमा समाधान गरेका थिए । सो कार्यप्रति विरोधी खेमाहरुले अहिले असन्तोष प्रकट गर्न थालेका छन् ।

बेलायतमा लगभग १६३ जना मानिसमा कोरोना भाइरसको संक्रमण भइसकेको छ र भर्खरै दुई जनाको सोही भाइरसका कारण मृत्यु भएको पनि छ । सरकारले कोरोना भाइरसको संक्रमणलाई व्यापक फैलिनबाट रोक्नको लागि विभिन्न उपाय अपनाउने क्रमको शुरुवातमा नै आफ्ना नागरिकहरुलाई विविध भेला, जमघटमा हुने उपस्थितिलाई बन्द गर्नको लागि आह्वान गरेको छ । सोही क्रममा अल्डरसटको पशुपति मन्दिरले आफ्नो फागू पुर्णिमाको कार्यक्रम नै स्थगन गराएको छ, जसलाई समाजमा सकारात्मक रुपमा हरिएको छ ।

तर, गैरआवासीय नेपाली संघ बेलायतको वर्तमान कार्यसमितिले खासगरी भूपू गोर्खाहरुलाई सित्तैमा खान खान पाइने, गैरआवासीय नेपाली संघले खास रुपमा भूपूहरुको समस्यालाई मुद्दाको रुपमा हेरेकोले भूपूहरुको आफ्नो कार्यक्रम भएकोले उपस्थिति राख्नुपर्ने एक प्रकारले नैतिक जिम्मेदारी हो भन्दै आवातजावतसहितको व्यवस्था गरेर भूपू वृद्धवृद्धाहरुलाई कार्यक्रममा उपस्थिति गराएको थियो । जो मुख्य रुपमा कोरोना भाइरस संक्रमण दृष्टिले घातक कार्य थियो । बेलायत शाखाकै आफ्ना चारजना उपाध्यक्षहरुले नै कार्यक्रमको विरोध गरेर केन्द्रीय अध्यक्ष कुमार पन्तलाई सो कार्यक्रममा उपस्थित नहुनको लागि लिखित रुपमा अनुरोध गरे तापनि अन्त्यमा पन्तले उपस्थिति जनाएका थिए, जसलाई पहिलोपटक गैरआवासीय नेपाली संघको पन्ध्र वर्षीय इतिहासमा कालो झण्डा देखाइएका थिए, जसलाई पन्त तथा पुनम गुरुङ वा बेलायती नेपाली कम्युनिष्ट धारमा पत्रकारहरुले कुनै महत्व नदिई समाचारहरू प्रकाशमा ल्याएका थिए र जोबारे अध्यक्ष पन्तले आफ्नो मन्तव्यमा बेलायती नेपालीहरुले नराम्रो शैलीलाई शुरु गरेर आफ्नो मानहानी गर्ने प्रयास गरेको भन्ने अभिप्रायले असन्तोष जाहेर गरेका थिए ।

गैरआवासीय नेपाली संघको बेलायत शाखा पछिल्लो चरणमा आएर चरम जातिवादी, राजनीतिक बन्दै आमा बेलायती नेपालीहरुको नजरमा महत्वहीन हुँदै गएको तथ्यलाई नकार्न सकिएको छैन । केही मुट्ठीभर व्यक्तिहरुका गलत सल्लाहमा लागेर पुनम गुरुङ लगायतले संस्थाको छवि पूर्ण रुपमा बिगार्न थालेको बेलायती नेपाली समाज चर्चा चल्दै गएको छ । नेपालमा कम्युनिष्टहरुको तीन तिहाइ बहुमत भएको बेलामा गैरआवासीय नेपाली संघको कम्युनिष्ट धारको बिजय भएको छ, जसलाई यसरी हेर्न नमिले तापनि संस्थामा विद्यमान भइसकेको राजनीतिकरणलाई नजरअन्दाज नगर्ने हो भने यो काल गैरआवासीय नेपाली संघको इतिहासमा, संस्थाका विविध मुद्दाहरुको हकमा सबैभन्दा उर्जाशील चरण हो ।

पन्तलगायतका प्यानलले यो चरणमा संस्थाको वर्षौं अगाडिबाट तटस्थ रहेका मागहरुलाई एक सकारात्मक अनि फलदायी अवस्थामा ल्याउन सक्ने अनुमान सजिलै गर्न सकिन्छ, जसप्रति गैरआवासीय नेपाली संघको केन्द्रीय नेतृत्वहरु लागी गर्दै अगाडि बढेर लक्ष्य हासिल गरी संस्थालाई एक ढिक्का बनाउन सक्नेछन्, अन्यथा संस्था टुक्रने या संस्था महत्वहीन हुने अवश्यम्भावी देखिएको छ ।