राष्ट्रिय कविता महोत्सव मङ्सिरमा, पुरस्कार राशि बढाइयो

राष्ट्रिय कविता महोत्सव मङ्सिरमा, पुरस्कार राशि बढाइयो


कोभिड महामारीका कारण स्थगित गरिएको राष्ट्रिय कविता महोत्सव नेपाल प्रज्ञा प्रतिष्ठानले आगामी मङ्सिरको चौथो साता भौतिक दूरी कायम गरी सम्पन्न गर्ने निर्णय गरेको छ । उक्त महोत्सव प्रज्ञा भवन कमलादीमै आयोजना हुनेछ ।

प्रतिष्ठानले स्थापना दिवसका अवसरमा हरेक वर्ष असार ९ गते आयोजना गर्दै आएको महोत्सव कोरोना भाइरस रोकथामका कारण लागू बन्दाबन्दीका कारण स्थगन भएको थियो ।

प्रतिष्ठानको यही असोज १८ गते सम्पन्न प्राज्ञ परिषद्को बैठकले महोत्सवको पुरस्कार राशिसमेत वृद्धि गरी प्रथम हुनेलाई रु ५० हजार, द्वितीय हुनेलाई रु ४० हजार र तृतीय हुने तीन जनालाई जनही रु ३० हजार नगदसहित पदक र प्रमाणपत्र प्रदान गर्ने निर्णय गरेको छ । यसअघि नगद पुरस्कारको राशि क्रमशः रु ३०, २५ र २० हजार थियो ।