परेवासँगको द्वन्द्व !

परेवासँगको द्वन्द्व !



– गणेशराज वस्ती


लेखेँ यी हरफ सुनेर तिम्रो
कविता जो छ उही गौंथलीको !

परेवा र त्यो दाजुभाइ हुन् कि !
हिँड्छन् तिनीहरू रन्कि रन्कि !
चुलामाथि छ दराजको भुइँ
त्यसमा नै बसी गर्छ यो रजाइँ !

घर मेरो मैले आफ्नो भनि बना’को,
यहाँ उ दिनदिनै मच्चाउँछ रडाको !
कति गाह्रो भो बनाउन यो घर,
उसको बाउको जाने नै के छ र !

म माथि जाँदा उ पर पर,
छन् त छ है उसलाई नि डर !
ल्याएर घसेटा छोडेर जाने
म तल उ माथि बसि खाने !

उड्छ वरपर यतै गरि भुरुरु,
जान्छु म गुँडमा यस्तै लुरुरु !
कहिले फुल त कहिले बचेरा,
उसको घरमा मेरो हो रे डेरा !

सुनि कुरा यी सबै दङ्ग परने,
कसले पो यहाँ के छ र गरने !
हामी र परेवा यसैगरी बस्याछौँ,
एकले अर्कालाई यसरी नै डस्याछौँ ।