नेपालमा कोरोना सङ्क्रमितको संख्या १,५९,८३०, मृत्यु हुने ८६२ पुगे

नेपालमा कोरोना सङ्क्रमितको संख्या १,५९,८३०, मृत्यु हुने ८६२ पुगे



सोमबार नेपालमा थप १,७४१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमित हुनेमा १०६४ जना पुरुष तथा ६७७ महिला रहेका छन् । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको संख्या १,५९,८३० पुगेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उत्यकामा ८९५ कोरोना सङ्क्रमित थपिएको जनाइएको छ । थपिएका सङ्क्रमितमध्ये काठमाडौँका ६७३, ललितपुरका १४६ तथा भक्तपुरका ७६ जना रहेका छन् । उनीहरूको उपत्यकाका विभिन्न प्रयोगशालामा परीक्षण गरिएको थियो ।

देशका विभिन्न प्रयोगशालामा विगत २४ घण्टामा पाँच हजार ६ जनाको पिसिआर परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हालसम्म एक लाख १५ हजार ६७५ जना कोरोना भाइरसबाट मुक्त भइ घर फर्किएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा चार हजार पाँच जना सङ्क्रमित निको भएर घर फर्किएका छन् । हाल देशभर ४३,२९३ जना सक्रिय सङ्क्रमित रहेका छन् । हाल २,९६९ जना क्वारेन्टिनमा रहेका छन् ।

देशभर आज थपिएका सङ्क्रमितमा प्रदेश नं १ को उदयपुरका एक, झापामा ५०, ताप्लेजुङ्को एक, मोरङ्का १३, सुनसरीका एक सय ८५, प्रदेश नं २ को धनुषाका १२, बाराका पाँच, महोत्तरीका १४, सप्तरीका २९ र सिरहाका दुई, बागमती प्रदेशको काभ्रेका ५९, चितवनका २४, दोलखाका ७, धादिङका २४, नुवाकोटका ८, मकवानपुरका २९, रोमछापका ४, सिन्धुपाल्चोेकका दुई तथा सिन्धुलीका पाँच, गण्डकी प्रदेशका कास्कीका १०१, गोरखाका एक, तनहुँका १५, नवलपरासी पूर्वका ६०, लुम्बिनी प्रदेशका अर्घाखाँचीका ३३, कपिलवस्तुका २२, गुल्मीका ६, दाङ्का तीन, नवलपरासीका सात, पाल्पाका एक, प्युठानका चार, बाँकेका १२ तथा रुपन्देहीका ५८, कर्णाली प्रदेशका दैलेखका पाँच, जुम्लाका एक र रुकुम पश्चिमका एक तथा सुदूरपश्चिम प्रदेशका अछामका एक, कञ्चनपुरका एक तथा दार्चुलाका एक जना रहेका छन् ।

मन्त्रालयले जनाएअनुसार नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा थप १५ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट मर्नेको संख्या ८६२ पुगेको छ ।