त्रियुगा नगरपालिका १० बोक्से (उदयपुर)स्थित पानीट्याङकी निवासी एक कथित वनझाँक्री बलात्कारको आरोपमा पक्राउ परेका छन् ।
वनझाँक्री अर्जुन भनिने ३९ वर्षीय चूडामणि श्रेष्ठलाई पीडितको उजूरीका आधारमा पक्राउ गरी जबर्जस्ती करणीमा मुद्दा चलाउन लागिएको उदयपुरका प्रहरी प्रमुख भीमप्रसाद दाहालले जानकारी दिएका छन् ।
बताइएअनुसार चूडामणिले माता उतार्ने र झारफुक गर्ने नाममा महिलालाई पटक पटक यौन तथा आर्थिक शोषण गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।
आफूलाई गुरुले मानिसलाई कपडा खोल्न लगाएर उपचार गर्न सिकाएकाले त्यसै गर्ने गरेको बयान ती धामीले दिएका छन् । अर्जुन वनझाँक्रीसँग मतियारका रुपमा काम गर्ने ४५ वर्षीय एक महिलालाई पनि अनुसन्धानको दायरामा राखिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया