अब हप्ताको दुई दिन मात्र प्रेस बिफ्रिङ हुने
नेपालमा थप एक हजार ९५४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । अब नेपालभर संक्रमितको कुल संख्या १,६२,३५४ पुगेको छ ।
आज (१२ कात्तिक, बुधबार) मुलुकभरका विभिन्न स्वास्थ्य प्रयोगशालामा ८,२४८ जनाको पिसिआर परीक्षण गरिएको छ । स्वास्थ्य मन्त्रालयले जनाएअनुसार आज २,९८१ जना कोरोना भाइरस सङ्क्रमणमुक्त भएका छन् ।
हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ३९,६४३ रहेको मन्त्रालयद्वारा आयोजित नियमित प्रेस बिफ्रिङमा जानकारी दिइयो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ६९६, ललितपुरमा ११८ र भक्तपुरका २९ गरी काठमाडौं उपत्यकामा कूल ८४३ जना कोरोना सङ्क्रमित थपिएका छन् ।
हालसम्म कोरोना सङ्क्रमण मुक्त हुनेको सङ्ख्या १,२१,८२४ रहेको छ भने कोरोना सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ८८७ पुगेको छ ।
कोरोना सङ्क्रमित मध्ये हाल २९० जनाको आइसियुमा र ७२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको बताइएको छ । यसैगरी संस्थागत आइसोलेसनमा सात हजार ७०९ जना र होम आइसोलेसनमा ३१ हजार ९३४ जना रहेको मन्त्रालयले जनाएको छ । मुलुकभरका विभिन्न क्वारेन्टिनमा रहेका हाल २,८८९ जना रहेका छन् ।
यसैगरी मन्त्रालयले कोभिड-१९ सम्बन्धी नियमति प्रेस बिफ्रिङको तालिका परिवर्तन गरेको छ । अबदेखि हप्ताको दुई दिन आइतबार र बुधबार मात्र साबिकको समयमा कोभिड-१९ सम्बन्धी नियमति प्रेस विफ्रिङ हुने र अन्य दिन भने ४ः३० बजे मन्त्रालयको वेभसाइटमा कोभिड-१९ सम्बन्धी तथ्याङ्क अपलोड गरिने प्रवक्ता गौतमले जानकारी दिएका छन् ।
प्रतिक्रिया