२ सय ४० तिब्बती शरणार्थीको परिचयपत्र नवीकरण

२ सय ४० तिब्बती शरणार्थीको परिचयपत्र नवीकरण


जिल्ला प्रशासन कार्यालय तनहुँले चालु आर्थिक वर्षमा २ सय ४० तिब्बती शरणार्थीको परिचयपत्र नवीकरण गरेको छ । जिल्ला प्रशासन कार्यालय तनहुँबाट तिब्बती शरणार्थी परिचयपत्र लिएकामध्ये असोज मसान्तसम्म २ सय ४० जनाको परिचयपत्र नवीकरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिनुभयो ।

कार्यालयले नयाँ परिचय पत्र भने वितरण नगरेको जनाएको छ ।

बरालका अनुसार प्रशासन कार्यालयबाट तिब्बती शरणार्थीको परिचयपत्र लिनेको सङ्ख्या ३ सय २० रहेको छ ।

तिब्बती शरणार्थी वर्षौदेखि शुक्लागण्डकी नगरपालिका-८ ढोरफिर्दीस्थित तिब्बतीयन क्याम्पमा बसोबास गर्दै आएका छन् ।