पछिल्लो २४ घण्टामा नेपालमा थप १,६६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यससँगै हालसम्म कोरोना संक्रमितको कूल संख्या २,२०,३०८ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ९५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । काठमाडौंमा ७३३, भक्तपुरमा ५३ र ललितपुरमा १३१ जना कोरोना संक्रमित थपिएका हुन् ।
यस्तै, पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट थप १६ जनाको मृत्यु भएको छ। यससँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १,३२१ पुगेको छ ।
मन्त्रालयले दिएको जानकारीअनुसार आइतबार देशभर ५,६९९ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् भने हालसम्म डिस्चार्ज हुनेको संख्या १,९९,०२४ पुगेको छ।
प्रतिक्रिया