नेपालमा कोभिड-१९ का कारण ज्यान गुमाउने १,३३७ पुगे

नेपालमा कोभिड-१९ का कारण ज्यान गुमाउने १,३३७ पुगे



सोमबार नेपालमा थप १,९८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २,२२,२८८ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १,००७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । काठमाडौंमा ७७९, भक्तपुरमा ८५ र ललितपुरमा १४३ जना कोरोना संक्रमित थपिएका हुन् ।

यस्तै, नेपालभर पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट थप १६ जनाको मृत्यु भएको छ । यससँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १,३३७ पुगेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा इलाममा ५, उदयपुरमा ४, ओखलढुङ्गाका २, खोटाङमा ३, झापामा १०६, ताप्लेजुङमा ११, तेह्रथुममा १, धनकुटामा ५, पाँचथरमा १, भोजपुरमा २, मोरङमा ३७, संखुवासभामा १२, सुनसरीमा ५०, सोलुखुम्बुमा ६, धनुषामा ३, पर्सामा १५, बारामा ४, महोत्तरीमा २, रौतहटमा ४, सप्तरीमा १२, सर्लाहीमा ३, सिरहामा ४ जना संक्रमित थपिएका छन् ।

यसैगरी, काठमाडौंमा ७७९, काभ्रेमा ५४, चितवनमा ८३, दोलखामा १६, धादिङमा १४, नुवाकोटमा १६, भक्तपुरमा ८५, मकवानपुरमा ५४, रसुवाका ६, रामेछापमा ३, ललितपुरमा १४३ र सिन्धुपाल्चोकमा १३, सिन्धुलीमा ३, कास्कीमा ७०, गोरखामा ३८, तनहुँमा १६, नवलपरासीपूर्वमा २०, पर्वतमा ६, म्याग्दीमा ५, लमजुङमा ५, वागलुङमा १६, स्याङ्जामा ८, अर्घाखाँचीमा ३, कपिलवस्तुमा ११, गुल्मीमा २, दाङमा ५१, नवलपरासीमा ९, पाल्पामा १०, प्यूठानमा १२, बर्दियामा ५, बाँकेमा १५, रुपन्देहीमा ४७, कालिकोटमा १, जुम्लामा ८, दैलेखमा ३, सल्यानमा ६, सुर्खेतमा ५, अछाममा २, कञ्चनपुरमा ६, कैलालीमा २६, डढेलधुरामा ७, डोटीमा ३, बझाङमा १ र बैतडीमा २ जना कोरोना संक्रमित थपिएका छन् ।