सुरेश धामी
बैतडीमा जीप दुर्घटनामा परि पाँच जनाको मृत्यु भएको छ । मंगलबार बैतडीको झुलाघाटबाट गोठलापानी आउँदै गरेको ना १ ज २१९६ नम्बरको जीप दशरथचन्द नगरपालिका १० बुड्डा भन्ने स्थानमा मंगलबार दिउँसो डेढ दुर्घटनामा हुँदा पाँच जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा बैतडीको दशरथचन्द नगरपालिका ५ बस्कोटका ७२ वर्षीया पार्वती चन्द, पाटन नगरपालिका ५ का ७० वर्षीया पार्वतीदेवी चन्द र दशरथचन्द नगरपालिका २ का ५८ वर्षीय कृष्णलाल लावड, सुर्नया गाउँपालिका ४ का ७५ वर्षीया कलावती चन्द र पाटन नगरपालिका ५ का ७७ वर्षीय भगीरथ पाण्डेय, को मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जनकबहादुर धामीले जानकारी दिए ।
दुर्घटनामा परी ५ जना घाइते भएका छन् । घाइतेहरुलाई उपचार लागि जिल्ला अस्पताल बैतडीमा भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए ।
तीव्र गतिमा रहेका जीप अनियन्त्रित भएर दुर्घटनामा परेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । जिप सडकबाट करिव एक सय मिटर तल खसेको छ । दुर्घटना परेर जीपचालक गोपाल कार्कीको टाउको चोट लागेकोले उपचारका लागि धनगढी पठाइएको छ । दुर्घटनामा परेर मृत्यु भएका सबै नागरिक भारतबाट पेन्सन बुझेर आउँदै गरेका थिए । गएको चैतदेखि पेन्सन बुझ्न नपाउँदा पेन्सनधारीहरुका लागि सोमबारदेखि शुक्रबार सम्मका लागि झुलाघाट नाका खोलिएको छ ।
प्रतिक्रिया