नेपालमा कुल संक्रमित संख्या २,२४,०७८

नेपालमा कुल संक्रमित संख्या २,२४,०७८



पछिल्लो २४ घण्टामा नेपालमा थप १,७९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २,२४,०७८ पुगेको छ ।

यस्तै, नेपालमा पछिल्लो २४ घण्टामा थप २४ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् । यससँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १,३६१ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएअनुसार मंगलबार देशभर २,७९१ जना संक्रमित डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको संख्या अब २,०४,८५८ पुगेको छ।

हाल देशभर १७,८५९ जना सक्रिय संक्रमित रहेका र ६२७ जना क्वारेन्टिनमा रहेका बताइएको छ ।