नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार तथा नेकपाका प्रचार विभाग उपप्रमुख सूर्य थापाले बैठकमा प्रधानमन्त्री ओली सहभागी भएको जानकारी दिएका छन् ।
यसअघि मङ्सिर १३ गतेको बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष ओलीद्वारा प्रस्तुत लिखित जवाफ र त्यसअघि गत कात्तिक २८ गतेको बैठकमा सहअध्यक्ष पुष्पकमल दाहालले प्रस्तुत गरेको लिखित पत्रका सम्बन्धमा बैठक केन्द्रित रहेको बताइएको छ ।
दुवै अध्यक्षका प्रस्ताव साझा बनाएर स्थायी कमिटी र मङ्सिर २५ गते हुने केन्द्रीय कमिटी बैठकमा लाने वा अलग अलग रुपमा लाने भन्नेबारेमा नेकपाका नेताहरूबीच विवाद रहेको छ ।
ज्ञातव्य छ, सचिवालय बैठकअघि ओली र दाहालले शनिबार बिहान बालुवाटारमा एक्लाएक्लै छलफल गरेका थिए । तीन साताभन्दा बढि अवधि ‘पानी बाराबार’को अवस्थामा रहेका ओली र दाहालबीच आज एक्लाएक्लै वार्तालाप भएको हो । दुई अध्यक्षको छलफलपछि केन्द्रीय सचिवालय बैठक बालुवाटारमै शुरू भएको हो ।

प्रतिक्रिया