गजल

गजल


  • रामचन्द्र ढकाल

जन्म काँडा बन्दै जान्छ, गर्भ जाँच गरेपछि
छोरी बनी बास गर्दा, फाल्ने बाटो रोजेपछि ।

डर अझै भेग बन्छ, शिक्षा-दीक्षा गृहस्थीमा
सबै कहाँ राम्रो मिल्छ, जात मात्र खोजेपछि ।

पेशा केही रोज्नुपर्ने, बाँच्ने बाटो सुख-दुःख
कहाँ खुल्छ राम्रो भाग्य, बैरी सांथ परेपछि ।

विधि त्यस्तै भयो यहाँ, सबै हामी मिली गरौँ
विधाता नि बाध्य हुन्छ, उमेर् डाँडा कटेपछि ।

चिता देखेँ खुशी अहो, पालो आयो अब भन्दा
जल्न पनि सजिलो खै, लाश जाम परेपछि ।