- चट्याङ मास्टर
के भाउ छ लालसलामको ? जयनेपाल दर के छ ?
शहीद स्टक कति पुग्यो ? नेताको मोल के छ ?
के छ खबर शेयरबजारको ?
कसको सपना कति बिक्यो ? हकवाला दर के छ ?
सपना स्टक कति पुग्यो ? विपनाको मोल के छ ?
के छ खबर शेयरबजारको ?
कति मूल्य छ न्याय र कानूनको ? ओहदाको दर के छ ?
आयोग स्टक कति पुग्यो ? त्यागीको मोल के छ ?
के छ खबर शेयरबजारको ?
कति पाटपर््हरू नयाँ खुले ? शेयरको दर के छ ?
मन्त्री स्टक कति पुग्यो ? चुनावको मोल के छ ?
के छ खबर शेयरबजारको ?
प्रतिक्रिया