मकवानपुरमा जन्ती हिँडेको ट्याक्टर दुर्घटना, एक जनाको मृत्यु

मकवानपुरमा जन्ती हिँडेको ट्याक्टर दुर्घटना, एक जनाको मृत्यु


मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर ७ स्थित धरान चतरा सडकखण्डमा जन्ती हिँडेको ट्याक्टर दुर्घटना भएको छ । हेटौंडा-सिन्धुली सडकखण्ड अन्तर्गत बागमती-७ मा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

आइतबार दिउँसो ४ बजेर ३० मिनेटको समयमा बागमती-९, बेतिनीबाट दुलही लिएर सिन्धुलीतर्फ जाँदै गरेको ना ६ त ८०७३ नम्बरको ट्याक्टर अनियन्त्रित भइ दुर्घटना भएको स्थानीयको भनाइ रहेको छ ।

दुर्घटनामा एक बालिकाको घटनास्थलमै मृत्यु भएको थियो । दुर्घटनामा घाइते भएकाहरुको हेटौंडास्थित सरकारी तथा निजी अस्पतालमा उपचार भइरहेको छ ।