पर्षा प्रहरीको सक्रियता : वैशाखमा ६ करोड १३ लाखका सामान बरामद

पर्षा प्रहरीको सक्रियता : वैशाखमा ६ करोड १३ लाखका सामान बरामद


पर्षा प्रहरीले गत वैसाख महिनामा ६ करोड १३ लाख ६८ हजार रुपैयाँका अबैध सामान बरामद गरेको छ । भारतबाट चोरीको मार्गहुँदै नेपाल भित्र्याएका सामान बरामद गर्दा उक्त मात्रामा देखिएको हो । विरगञ्ज प्रहरीका अनुसार लत्ताकपडा खुद्रा, किराना, औषधि तथा ईलेक्ट्रोनिक्स सामानहरू बरामद भएका हुन् ।

प्रहरीले अदालतबाट मुद्धा फैसला भएका १ सय ५१ जनालाई पक्राउ गरेको छ । उनीहरुबाट ५ वर्ष २९ दिन कैद र १५ लाख ८ हजार ७ सय ४२ रुपैयाँ बिगो असुल्न बाँकी छ । यस्तै मुद्दा चलेर फरार रहेका ११ जना पक्राउ परेका छन् । नक्कली नोट १ लाख २३ हजार फेला परेको प्रहरीले जनाएको छ । हुण्डीको कारोबार गर्ने ३ जना पक्राउ परे भने उनीहरुका साथबाट ३५ लाख २० हजार ७ सय रुपैयाँ बरामद भयो ।

चोरिएका ४२ वटा मोवाइल फेला पारेको प्रहरीले गाँजा १५ किलो, खैरो हेरोइन ५७ ग्राम, कोरेक्स ६७ बोत्तल, नाइट्राभेट ७ सय ९९ वटा, फेनारगन ३० एम्पुल, डाइजेल्याब ३३ एम्पुल र नुरफिन ३३ एम्पुल बरामद भएको छ ।