स्ट्रिप च्याटमार्फत यौनजन्य क्रियाकलापमा संलग्न गराउने महिला पक्राउ

स्ट्रिप च्याटमार्फत यौनजन्य क्रियाकलापमा संलग्न गराउने महिला पक्राउ


आर्थिक हिसावले विपन्न परिवारका बालबालिकाहरुलाई आर्थिक प्रलोभनमा पारी अनलाइन ट्यापिङको रोजगारी उपलब्ध गराउने भन्दै यौनधन्दामा लगाउने महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीका अनुसार सामाजिक सञ्जालमा Strip ChatM Free Live Sex Cams and Adult Chat with Naked Girls मा विभिन्न एकाउन्ट खोलेर ती एकाउन्टमार्फत live Video Chat मा बस्दै strip chat का Customer हरुसँग अश्लील कुराकानी गर्न लगाउने र बढी आम्दानी गर्नको लागि Token Earn गर्नुपर्ने र त्यसका लागि बालिकाहरुलाई नङग्याउन काममा १९ वर्षीय अञ्जली अधिकारी संलग्न थिइन् ।

सिन्धुपलाचोकको पाँचपोखरी ६ की र हाल काठमाडौंको गोकर्णेश्वर, माकलबारी बस्दै आएकी अधिकारीले आफ्नो शरीरको कपडा खोली यौनाङ समेत प्रर्दशन गरी अश्लिल यौनजन्य क्रियाकलापमा संलग्न गराउँदै आएकी थिइन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको छ ।