अपमानजनक शब्द राखी बनाइएका नागरिकता सच्याउन गृहमन्त्रालयको निर्देशन

अपमानजनक शब्द राखी बनाइएका नागरिकता सच्याउन गृहमन्त्रालयको निर्देशन


अपमानजनक शब्द राखेर बनाइएका नागरिकता सच्याउन गृहमन्त्रालयले निर्देशन दिएको छ । मन्त्रालयले सोमबार एक सूचना जारी गर्दै अपमानजनक शब्द राखेर बनाइएका नागरिकता सच्याउन निर्देशन दिएको हो ।

फ्याउरे, कुकुर र कुकुर्नीजस्ता शब्द राखेर नागरिकता जारी भएको भन्दै चौतर्फी विरोध भएको थियो । यसैको प्रतिक्रियास्वरुप गृहमनत्रालयले नागरिकता सच्याउन निर्देशन जारी गरेको हो ।