नेपाली भूमि चीनविरुद्ध प्रयोग हुन नदिने विश्वास दिलाएँ : परराष्ट्रमन्त्री खड्का

नेपाली भूमि चीनविरुद्ध प्रयोग हुन नदिने विश्वास दिलाएँ : परराष्ट्रमन्त्री खड्का


परराष्ट्रमन्त्री नारायण खड्काले एक चीन नीतिप्रति नेपालको दृढ प्रतिवद्धता रहेको विश्वास चीनलाई दिलाएको दाबी गरेका छन् ।

चीन भ्रमण सकेर बिहीबार राति स्वदेश फर्किएका उनले नेपाली भूमि चीनविरुद्ध प्रयोग हुन नदिने विश्वास दिलाएको बताएका हुन् ।

चिनियाँ विदेशमन्त्रो वाङ यीसँगको भेटमा आफूले एक चीन नीतिप्रति नेपालको दृढ प्रतिवद्धता रहेको जनाएको स्वदेश फर्किएपछि जारी गरिएको प्रेस नोटमा खड्काले उल्लेख गरेका छन् ।

नेपाल र चीनबीच विगतमा भएका सहमति र सम्झौतालाई गति दिन दुवै पक्ष तयार रहेको मन्त्री खड्काले बताए ।

चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल आउँदा घोषणा भएको ३.५ बिलियन चिनियाँ युआन सहयोगको उपयोगबारे रचनात्मक कुरा भएको उनको भनाइ छ ।