राष्ट्र बैंकद्वारा एक खर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान

राष्ट्र बैंकद्वारा एक खर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान


नेपाल राष्ट्र बैंकले रु. एक खर्ब बराबरको निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान गरेको छ ।

केन्द्रीय बैंकले आज (१५ असार) सूचना जारी गर्दै निक्षेप सङ्कलनका लागि बोलकबोल जारी गरेको हो ।

सूचनाअनुसार नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र बोलकबोलमा सहभागी हुन पाउनेछन् । बोलकबोल गर्दा निक्षेप गर्न चाहेको रकम र प्रस्तावित ब्याजदर (दशमलवपछिका चार अंकसम्म) उल्लेख गर्नुपर्नेछ । घटीमा रु १० करोड र बढीमा रु पाँच करोडले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान गरिएको रकमसम्म बोलकबोल गर्न सकिने छ ।