रुपन्देहीको ओमसतियामा लुटपाटका लागि गोली प्रहार, एक युवा घाइते

रुपन्देहीको ओमसतियामा लुटपाटका लागि गोली प्रहार, एक युवा घाइते


  • सुरेश परियार, रुपन्देही

रुपन्देहीको ओमसतिया गाउँपालिकामा गोली चलेको छ । अज्ञात समुहले चलाएको गोली लागेर एक युवा घाइते भएको जानकारी प्राप्त भएको छ ।

रोहिणी वडा नं. १ बाइपास सिद्धर्थ कटेजमा गएराति करिव ११ बजे राति अज्ञात समुहद्वारा लुटपाट गरिएको र ओमसतियाको वसन्तपुर वडा कार्यालयअगाडि सिद्धार्थनगर नगरपालिका १ बेलाहिया बस्ने विकास गुरुङ्गलाई गोली हानी हत्या गर्ने प्रयास भएको रोहिणी गाउँपालिकाका अध्यक्ष विदा यादवले जानकारी दिएका छन् ।

घाइतेलाई उपचारको लागि भैरहवा मेडिकल कलेजमा पठाइएको छ भने घटनासम्बन्धी थप अनुसन्धान अघि बढेको प्रहरीले जनाएको छ ।