रातको समयमा कोहलपुर-सुर्खेत खण्डमा दुई पाङ्गग्रे सवारी चलाउन प्रतिबन्ध

रातको समयमा कोहलपुर-सुर्खेत खण्डमा दुई पाङ्गग्रे सवारी चलाउन प्रतिबन्ध


रातको समयमा कोहलपुर-सुर्खेत सडकखण्डमा मोटरसाइकल चलाउन जिल्ला प्रशासन कार्यालय सुर्खेतले रोक लगाएको छ ।

गत आइतबार राति जङ्गली जनावरको आक्रमणबाट भेरीगंगा नगरपालिकाका दुई जनाको मृत्यु भएपछि जिप्रका कार्यालयले सूचना जारी गरेर सो खण्डमा रातको समयमा दुईपाङ्ग्रे सवारी सञ्चालमा रोक लगाएको हो ।

सो घटनालाई लिएर स्थानीयवासीले सडक अवरुद्ध गरेर आन्दोलनमा उत्रिएपछि प्रशासनले रातको समयमा मोटरसाइकल चल्न नदिने निर्णय गरेको जिप्रका सुर्खेतले जनाएको छ । जिप्रका सुर्खेतका अनुसार दिउँसो पनि चारपाङग्रे सवारीका साथै लागेर दुई पाङग्रे सवारी सुरक्षाकर्मीको निर्देशनमा मात्रै चलाउन पाइनेछ ।

आइतबार बिहान ८ बजेको समयमा भेरीगंगा-५ गेरवानीका ४८ वर्षीय रामबहादुर चन्द र ६७ वर्षीया कवि वलीको वन्यजन्तुको आक्रमणमा परी मृत्यु भएपछि आइतबारदेखि नै आफन्तहरुले विभिन्न माग राख्दै रत्न राजमार्गको बबई क्षेत्रमा प्रदर्शन गरी ६ घन्टासम्म सडक अवरुद्ध गरेका थिए ।

सो प्रर्दशनपछि सोमबार अवेरसम्म बसेको जिल्ला सुरक्षा समितिको बैठकले जङ्गली जनावरको आक्रमणबाट सुरक्षित हुनको लागि साना दुईपाङ्ग्रे सवारी साधन मोटरसाइकललाई रातको समयमा सञ्चालन नगर्ने र दिनको समयमा चारपाङ्ग्रे सवारी साधनको अगाडि/पछाडि रही सञ्चालन गर्ने निर्णय गरेको हो ।