- विकाश रौनियार, धादिङ
धादिङको गल्छी गाउँपालिका-६ चिरौदी पुलनजिकै भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
भारतीय नम्बरको ट्रेलरले बागमती प्रदेश–०१–०२५च ७८७२ जिपलाई ठक्कर दिँदा जिपमा सवार दुई जनाको मृत्यु भएको हो ।
जीपमा सवार धादिङ ज्वालामुखी गाउँपालिका-१ का ३० वर्षीय ज्ञानबहादुर नेपाली र २५ वर्षीय राजेन्द्र तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
प्रहरीले जनाएअनुसार दुर्घटनामा ट्रेलरका चालक र सहचालक पनि घाइते भएका थिए । सामान्य उपचारपछि चालक र सहचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
चितवनबाट काठमाडौं जाँदै गरेको ट्रेलरले गएराति जिपलाई ठक्कर दिएको हो । ठक्करबाट जिप सडकमै पल्टिएको छ ।
प्रतिक्रिया