बैतडी कारागारमा १६ मा कोरोना संक्रमण, ब्यवस्थापनमा सकस

बैतडी कारागारमा १६ मा कोरोना संक्रमण, ब्यवस्थापनमा सकस


उच्च ज्वरो र रुखाखोकीको लक्षण देखिएपछि स्वस्थ्य परिक्षण गर्दा बैतडी कारागाराका १६ जना कैदीबन्दीमा कोरोना संक्रमण देखिएको छ ।

कैदीबन्दीमा उच्च ज्वरो र रुघाखोकीको लक्षण दोखिएपछि कारागारमा स्वास्थ्यकर्मी बोलाएर परिक्षण गर्दा १६ जनामा कोरोना संक्रमण देखिएको हो ।

बुधवार ४ जनाको पिसिआएर परिक्षण गर्दा कोरोना पुष्टि भएपछि बिहीबार सबै कैदीबन्दीको परीक्षण गरिएको थियो, जसमा थप १२ जनामा कोराना पुष्टि भएको जेलर धारा भण्डारीले जानकारी दिए । उनका अनुसार २५ जना क्षमता रहेको उक्त कारागारमा ९३ जना कैदीबन्दी रहेका छन्, जसका कारण संक्रमितलाई अलग्गै ब्यवस्थापन गर्न सकस भइरहेको छ।