कांग्रेस नेता प्रदीप गिरिको निधन

कांग्रेस नेता प्रदीप गिरिको निधन


नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधन भएको छ । उपचारमा संलग्न क्यान्सर रोग विशेषज्ञ डा. पंकजकुमार बर्मनका अनुसार उपचारको क्रममा ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालमा शनिबार राति साढे ९ बजे उहाँको निधन भएको हो ।

प्रतिनिधिसभाका सांसदसमेत रहनुभएका कांग्रेसका नेता एवं समाजवादी चिन्तक गिरि लामो समय भारतको मुम्बईका विभिन्न अस्पतालमा घाँटीको क्यान्सरको उपचारपश्चात् नेपाल फर्किनुभएको थियो ।

घाँटीको क्यान्सर भएपछि भारतमा गएर शल्यक्रिया गरेका सांसद गिरि गत ९ साउनमा मेडिसिटी अस्पताल भर्ना हुनुभएको थियो ।