नेता गिरिको निधनमा राष्ट्रपति भण्डारीद्वारा दुःख ब्यक्त

नेता गिरिको निधनमा राष्ट्रपति भण्डारीद्वारा दुःख ब्यक्त


राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधनमा शोक ब्यक्त गर्नुभएको छ ।

गिरिको निधनबाट मुलुकले सिद्धान्तनिष्ट बौद्धिक ब्यक्तित्व गुमाएको राष्ट्रपति भण्डारीले जनाउनुभएको छ ।

‘समाजवादी चिन्तक एवं नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधनको खबरले अत्यन्त दुःखी बनाएको छ, उहाँको निधनबाट हामीले एक सिद्धान्तनिष्ठ बौद्धिक व्यक्तित्व गुमाएका छौं’, आज बिहान ट्वीट गर्दै राष्ट्रपति भण्डारीले भन्नुभएको छ, ‘म दिवंगत प्रदिप गिरिप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु । साथै, शोकाकुल परिवारमा गहिरो समवेदना प्रकट गर्दछु।’

उपचारको क्रममा गएराति प्रतिनिधिसभा सदस्यसमेत रहेका नेता गिरिको निधन भएको थियो ।