पचास जिल्लामा १२ वर्षमुनिका बालबालिकालाई फाइजर खोप दिइँदै

पचास जिल्लामा १२ वर्षमुनिका बालबालिकालाई फाइजर खोप दिइँदै


पाँच वर्ष पूरा भइ १२ वर्षमुनिका बालबालिकालाई फाइजर खोपका पहिलो मात्रा आजबाट दिइँदैछ ।

दोस्रो चरणअन्तर्गत कोभिडविरुद्धको फाइजर खोप आज (५ भदौ)बाट दिन लागिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ वटा प्रदेशका ५० जिल्लामा फाइजर खोप दिइनेछ भने २७ भदौदेखि १ असोजसम्म दोश्रो मात्रा खोप सञ्चालन हुनेछ ।