समानुपातिकतर्फका निर्वाचनका लागि १० भदौबाट दल दर्ता

समानुपातिकतर्फका निर्वाचनका लागि १० भदौबाट दल दर्ता


समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन चाहने राजनीतिक दललाई निवेदन पेश गर्न निर्वाचन आयोगले आह्वान गरेको छ ।

आगमी ४ मंसिरमा हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा समानुपातिक निर्वाचनमा भाग लिन चाहने राजनीतिक दललाई निवेदन दिन आह्वान गरेको हो ।

निर्वाचन आयोगले जारी गरेको सार्वजनिक सुचनाअनुसार १० भदौदेखि १२ भदौसम्म समानुपातिकतर्फको निर्वाचनमा भाग लिनका लागि दल दर्ता गरिसक्नुपर्नेछ । आयोगका अनुसार समानुपातिकतर्फको निर्वाचनमा भाग लिन चाहाने राजनीतिक दलले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिनुपर्नेछ ।

आयोगले गत साउनमा निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न आह्वान गर्दा ८७ दलले निर्वाचन आयोगमा दल दर्ता गराएका थिए ।