नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले नागरिकता विधेयकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले भोटको राजनीति गर्न खोजेको आरोप लगाएका छन् ।
भरतपुर विमानस्थलमा पत्रकारसँगको कुराकानीमा प्रचण्डले आमाबुबा दुवै नेपाली नागरिक भएकाको छोराछोरीले नागरिकता पाउने व्यवस्था भए पनि विदेशीलाई नागरिकता दिन खोजियो भनेर भ्रम छर्ने काम गरी एमालेले भोटको राजनीति गर्न खोजेको आरोप लगाएका हुन् ।
तत्कालिन केपी ओली सरकारले अध्यादेशमार्फत ल्याएको विधेयक नै अहिले सदनमार्फत ल्याएको जिकिर उनले गरे ।
वैवाहिक अंगीकृत नागरिकताका लागि सातवर्षे प्रावधान राख्ने राज्य व्यवस्था समितिको प्रस्ताव सदनमा लैजाऔँँ भन्दा एमाले अध्यक्ष ओलीले नै नमानेको पनि आरोप पनि प्रचण्डले आरोप लगाएका छन् ।
भौतिक योजना मन्त्री मोहम्मद इस्तियाक राई र वनमन्त्री प्रदिप यादवसहित चितवन आएका अध्यक्ष प्रचण्ड विभिन्न कार्यक्रममा सहभागी हुने बताइएको छ ।
जसअनुसार प्रचण्ड बरुवा सडक शिलान्यास, रौतनेखोलामा बनेको पुलको उद्घाटन, टमटा खोला तटबन्ध शिलान्यास कार्यक्रममा सहभागी भएपछि चितवनका पार्टी कार्यकतासँग भेटघाट कार्यक्रम तय भएको चितवन माओवादीले जनाएको छ।
प्रतिक्रिया