आँसु बग्ने बाटाहरू !

आँसु बग्ने बाटाहरू !


  • ई. गणेशराज वस्ती

मनभरि आँसु मेरो, आँखा सुकिरह्यो !
आँसु बग्ने बाटाहरू, किन बन्द भयो ?

आँसुभित्रै जम्यो कि त ! नत्र बग्नुपर्ने
अवरोधक नालाहरू, अब खुल्नुपर्ने !

चेत तिनको पलाएर, आए हुने अब
आफ्ना हकका आँसु पाइ, जाग्थे आँखा तब !

पाइ आँसु यी आँखा, हुन्थे विछट्टै खुशी
रोकिएको यो क्षणमा, छन् है दुःखी यिनी !

पानीको भर लाग्ने, त्यही थियो एक स्रोत
बन्द जो आज हुँदा, सारै दुःख भो त !

मनभरि आँसु मेरो, आँखा सुकिरह्यो
आँसु बग्ने बाटाहरू, किन बन्द भयो ?