मुटु मिलनको चमत्कार !

मुटु मिलनको चमत्कार !


  • ई. गणेशराज वस्ती

दुई मुटुको मिलनमा
बन्यो यौटै जरा !
हिजोका भिमकाय पहरा
आज कठै बरा !

मिलनको तागतमा
कोभिड डेङ्गु भागे !
मनको बत्ती बलिगयो
चेतना पनि जागे !

दुई मुटुको मिलनमा
जताततै घाम !
कति राम्रा गाउँघर
सुन्दर छन् ठाम !

मुटुहरू मिली गए
हुनेरैछन् काम !
गारो छैन दुई गाँस खान
जुटाउन माम !

कस्तो मुटु पाएँ आज
बलिगयो दियो !
पापी खुनी अँध्यारोको
सातो पुत्लो लियो !

भिरपहराले यसलाई देखी
कुलेलाम ठोके !
मुटुमुटु मिलाउँदा
नोक्सानी कसको भो के ?

दुई मुटुको मिलनमा
बन्यो यौटै जरा !
हिजोका डरलाग्दा पहरा
आज कठै बरा !
आज कठै बरा !