पहिलो हुने निर्वाचित हुनेतर्फ ४४ लाख मतपत्र छापियो

पहिलो हुने निर्वाचित हुनेतर्फ ४४ लाख मतपत्र छापियो


आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फको ४४ लाख २१ हजार मतपत्र छाप्ने कार्य सम्पन्न भएको छ ।

छपाई भएकामध्ये प्रदेशसभा सदस्य निर्वाचनका लागि २१ लाख ३८ हजार र प्रतिनिधि सभा सदस्य निवाचनका लागि २२ लाख ५६ हजार मतपत्र रहेको निर्वाचन आयोगले बताएको छ ।

समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्रको छपाइ भने यसअघि नै सकिएको छ । हाल जिल्ला जिल्लामा समानुपातिकतर्फको मतपत्र ढुवानी भइरहेको छ ।

आजसम्म ओखलढुङ्गा, सोलुखुम्बु, खोटाङ, भोजपुर, संखुवासभा, धनकुटा, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, सिराहा, सप्तरी, धनुषा, महोत्तरी, नुवाकोट, रसुवा, धादिङ, चितवन, मकवानपुर, बारा, पर्सा, रौतहट, सर्लाही, सिन्धुलीसहित २८ वटा जिल्लामा समानुपातिकतर्फको मतपत्र ढुवानी भइसकेको छ ।

समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत प्रदेश सभातर्फ २ करोड १ लाख ८४ हजार तथा प्रतिनिधि सभातर्फ २ करोड चार लाख मतपत्र छापिएको छ ।

आयोगले जनक शिक्षा सामाग्री केन्द्रमा मतपत्र छपाइ भइरहेको छ ।