गैरआवासीय नेपाली संघ (एनआरएनए)ले संघका महासचिव गौरीराज जोशीकी आमा भूपकुमारी जोशीको स्मृतिमा श्रद्धाञ्जली कार्यक्रम गरेको छ ।
चितवनको टाँडीस्थित जोशी निवासमा संघका केन्द्रीय अध्यक्ष डा. बद्री केसीसहित अन्य पदाधिकारी पुगेर जोशीको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका हुन् ।
अध्यक्ष केसीले जोशीको निधनले सिंगो एनआरएनएनाई दुःखी तुल्याएको उल्लेख गर्दै उनको आत्माको चिरशान्तिको कामनाका साथ शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरे । जोशीले गौरीराज जस्तो मिहेनति र समाजसेवी छोरा जन्माएकोमा सबैले गर्व गर्नुपर्ने उनले बताए ।
अध्यक्ष केसीले गौरीराजसहित परिवारका सबैलाई आमाले देखाएको सतकर्मको बाटोमा सधैं हिँडिरहन आग्रहसमेत गरे। ‘गौरीजी जस्तो सामाजिक व्यक्तित्वलाई उहाँले जन्माउनु भयो । एनआरएनएको अभियानमा इटा थप्न उहाँको पनि भूमिका छ। उहाँको आमाले पुर्याएको योगदान गैरआवासीय नेपालीले सधैँ सम्झिरहने छ,’ उनले भने ।
स्वास्थ्यमा समस्या आएपछि चितवन मेडिकल कलेजमा भर्ना गरिएकी जोशीको ७२ वर्षको उमेरमा उपचारका क्रममा गत बिहीबार निधन भएको थियो ।
प्रतिक्रिया