प्रियाबिछोडको पीडामा

प्रियाबिछोडको पीडामा


  • ई. गणेशराज वस्ती

पूरै धर्तीलाई
अन्धकार देख्छु म आज

एक्लै एक्लै छु म आज
लाखौँ मानिसका माझ !!

चिटचिट झरेको छ पसिना !
बिछोडको घाउको,
पोलाइ पीडा सहन नसकी !

ढुकढुक गरिरहेछ मुटु !
बिछोडको पीडा सहन नसकी !!

चोइटी गएको मुटुको खोजीमा
मन मेरो आकाशतिरै उडिरहेछ !

आँखाबाट आँसु निस्केर आज
तिम्रै खोजिमा बगिरहेछ !

बिर्सिन खोज्छु
तर कसै गरि सक्दिनँ !
पूरै बिर्सन खोज्छु
झन् झन् सक्दिन !!

मक्किएका
यी अध्याँरा हर रात !
अब म कसरी सुतूँ ?

सकिएका दिनका !
हर बिहानी
अब म कसरी उठूँ ?

पूरै धर्तीलाई
अन्धकार देख्छु म आज !

एक्लै एक्लै छु म आज !
लाखौँ मानिसका माझ !